क्यानडा ८ विकेटले पराजित, नेपाल युएईसँग भिड्ने
नेपालगन्ज ९ फागुन : क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।
आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको सोमबार अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सेमिफाइनमा पुगेको हो ।
क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बनेकोछ । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्न सफल भएकोछ ।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ । यस्तै, ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।
दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।
३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १-१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’