टी–२० विश्वकप छनोट : नेपाल समुह विजेता बन्दै सेमिफानलमा

क्यानडा ८ विकेटले पराजित, नेपाल युएईसँग भिड्ने


टी–२० विश्वकप छनोट : नेपाल समुह विजेता बन्दै सेमिफानलमा

नेपालगन्ज ९ फागुन : क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको सोमबार अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सेमिफाइनमा पुगेको हो ।

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बनेकोछ । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्न सफल भएकोछ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ । यस्तै, ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।

३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।

थप समाचार

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात