एमाले नेता खत्रीको दादागीरी, वडा सचिव पौडेलमाथि कार्यालयमै कुटपिट

दोषीलाई कारबाहीको माग, कर्मचारी आक्रोसित


एमाले नेता खत्रीको दादागीरी, वडा सचिव पौडेलमाथि कार्यालयमै कुटपिट

गुलरिया(बर्दिया) १३ फागुन : बर्दियाको बाँसगढी नगरपालिकाका नेकपा एमालेका नगर ईन्चार्जले वडा सचिवलाई कुटपिट गरेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर–३ का वडा सचिव यज्ञ पौडेललाई कुटपिट गरिएको हो ।

नेकपा एमालेका बाँसगढी नगर ईन्चार्ज नैनबहादुर खत्रीले कुटपिट गर्दा घाइते भएका पौडेलको स्थानीय कौशिल्या अस्पतालमा उपचारपछि घर फर्किएका छन् । घाइते वडा सचिव पौडेलको मुख तथा अनुहारमा चोट लागेको अस्पतालले जनाएको छ ।

विहिवार करिब ५ बजेको समयमा कार्यालय पुगेको नेकपा एमालेका बाँसगढी नगरपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य समेत रहेका नैनबहादुर खत्रीले जवरजस्ती कानून विपरित दबाब दिएर काम गराउन खोज्दा सचिवले इन्कार गरेका थिए ।

सचिव पौडेलका अनुसार पहिले नै जन्मदर्ता भैसकेको ब्यक्तिको नाम संशोधनको लागी केही प्रकृया पुरा गर्नु पर्ने, त्यसपछि मात्रै संशोधन हुने भनेपछि आक्रोशित बनेका एमालेका नेता नैनबहादुरले मैले भनेपछि किन नहुने भन्दै बढी बोल्छस्, भन्दै मुक्काले मुख र अनुहारमा हानेका हुन् ।

एमाले नेता नैनबहादुरले सचिव पौडेललाई आफ्नै अगाडी कुटपिट गरेको वडा नम्बर–२ का वडाध्यक्ष हर्क घर्तीले बताए । उनका अनुसार सहकर्मीमाथि कुटपिट भएपछि आफुहरुले घाइते पौडेललाई नजिकैको अस्पतालमा लगेर उपचार गराएको बताए ।

घटनाको विषयमा थप बुभ्mनको लागी बाँसगढि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर केसीलाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

कार्यालयमा कार्यररत कर्मचारीमाथि गुण्डागर्दीशैलीमा पार्टीका जिम्मेवार नेताले कुटपिट गरेपछि कर्मचारीको मनोबल खस्केको भन्दै आक्रोसित बनेका कर्मचारीले दोषीलाई कारबाहीको माग गरेकाछन् ।