नेपालगन्ज १३ फागुन : वडा प्रहरी कार्यालय नेपालगन्जले ६ क्विन्टल बढि अबैध मासु बरामद गरेकोछ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली खड्का अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–१ साईगाउँबाट उक्त मासु बरामद गरेको हो ।
भारतबाट भन्सार छलि चोरीपैठारी गरि साईगाँउ हुदैँ नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा ४०५ केजी ब्रोइलर कुखुराको बोनलेस मासु र २८० केजी हाँसको मासु गरि ६८५ केजी अबैध मासु बरामद गरेको वडा प्रहरी प्रमुख खड्काले बताए ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार ब्रोइलर कुखुराको बोनलेस मासु अन्दाजी एक लाख ६२ हजार र हाँसको मासु अन्दाजी एक लाख ९६ हजार गरि कुल अन्दाजी मूल्य ३ लाख ५८ हजारको मासु बरामद गरिएको हो ।
प्रहरीले नियमित चेकजाँच र गस्ति गर्नेक्रममा बेवारिसे अवस्थामा फेला पारेको उक्त मासु आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?