वडाध्यक्ष निधनपछि तनावग्रस्त छिन्चु १२ घण्टापछि खुल्यो

यातायात व्यवसायी र मृतकका आफन्तबीच आईतबार छलफल गरिनेछ


वडाध्यक्ष निधनपछि तनावग्रस्त छिन्चु १२ घण्टापछि खुल्यो

नेपालगन्ज १४ फागुन : मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार र सडक शनिबार साँझ खुलेकोछ ।

वडा अध्यक्षको मुत्युपछि सुर्खेतको छिञ्चुमा मृतक वडाअध्यक्षका आफन्त र स्थानीयवासिले राजमार्ग र बजार शनिबार विहानदेखि बन्द गरेका थिए ।

बन्द गरिएको राजमार्गका कारण यात्रुहरु १२ घण्टासम्म अलपत्र परेपछि प्रहरी परिचालन गरेर बन्द सडक खुलाइएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार आईतबार बिहान जिल्ला प्रहरी कार्यालयमा छलफल गर्नेगरी सहमति गरिएपछि बन्द खुलाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार प्रशासन कार्यालयमा यातायात व्यवसायी र मृतकका आफन्तबीच दिनभरजसो छलफल चलेको थियो । छलफल निश्कर्षमा नपुगेपनि बन्द खुलाउने सहमति भएको हो ।

प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका साधन र यात्रुहरू बाटोमै अलपत्र परेका थिए । बन्द खुलेपछि यात्रुहरूलाई गन्तव्यमा पठाउन शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।
नेकपा (माओवादी केन्द्र)बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगन्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको

मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए । उनलाई ठक्कर दिने गाडी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । कार्कीले कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए ।

प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगन्जतर्फत आएका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका थिए । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

थप समाचार

वडाध्यक्षको निधनपछि छिन्चु तनावग्रस्तः बल प्रयोग गरेर सडक खुलाउने तयारी