महाशिवरात्रीको अवसरमा विकास प्रेमीद्वारा गुलरिया बजार सरसफाई


महाशिवरात्रीको अवसरमा विकास प्रेमीद्वारा गुलरिया बजार सरसफाई

गुलरिया (बर्दिया) १४ फागुन : महाशिवरात्रिको अवसर पारेर बर्दियाको गुलरियामा विकास प्रेमि युवा समुहले गुलरिया बजार सरसफाई गरेको छ ।

महाशिवरात्रीको अवसर पारेर बर्दियाको गुलरिया बजारमा विकास प्रेमि युवा समुह नगर समितिले स्थानीय शहिद पार्कदेखि मातङ्घी चोक, राधाकृष्ण चोक हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बाट जिल्ला अस्पतालको परिसरसम्म पुगेर सरसफाई गरेको समुहका नगर अध्यक्ष महेमुद सिद्धीकीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘जागौं युवा लागौं युवा, हामिले नगरे कस्ले गर्ने?,देश र समाज रुपान्तरणका निम्ति’ भन्ने सोँचका साथ केहीदिन अघि गठित नगर समुहले नेपाल स्वयसेवि रक्तदाता समाज नगर समितिको समन्वयमा जथाभावि फोहर फाल्न र फोहर गर्न बन्द गरौं, सकिन्छ सफा गरौं, सकिदैन फोहर नगरौं भन्ने नाराका साथ उक्त सरसफाई गरेको हो ।

उक्त सरसफाई कार्यक्रममा समुहका पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी लगायतको सहभागीता रहेको थियो । यस वर्ष शिवरात्रि फागुन १७ गते परेको छ ।