युनाइटेड युथ क्लब विजयी


युनाइटेड युथ क्लब विजयी

नेपालगन्ज १५ फागुन : बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा आईतबार युनाइटेड युथ क्लबले जित हाँसिल गरेको छ । युनाइटेडले नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गा युवा क्लबलाई ४–० ले पराजित गरेको छ ।

युनाइटेडका लागि विभुषण केसीले २ गोल, संजय सुनार र प्रकाश बमले समान १–१ गोल गरे । विभुषणले ३५आंै र ४५औं मिनेटमा गोल गरेका थिए । संजयले ३२औं र प्रकाशले ६८औं मिनेटमा गोल गरे ।

यसैगरी आईतबारको अर्को खेलमा बुद्ध युवा क्लब र मोडेल टिमबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बुद्धको तर्फबाट रितेश सिंह ठकुरीले गोल गरेका थिए भने मोडेलका अनिस कुमार सुनारले एक आत्मघाती गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

थप समाचार

ओशोनिक क्लबको विजयी सुरुआत

शनिबारबाट जिल्ला लिग फुटबल, उद्घाटनमा धम्बोझी र कारकाँदो भिड्ने