नेपालगन्ज २५ फागुन : नेपालगन्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भएको छ । भेरी अस्पताल रोड टाङ्गा स्टेशन नजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो ।
अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यावसायिक कम्पलेक्स सहितको बहुउद्देश्यीय सभाहलको बुधबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले शिलान्यास गरे ।
नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख डाक्टर राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगनजको विकासमा कोशेढुंगा सावित हुने बताए । उनले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा बेसमेन्ट सहितको ब्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड प्mलोर निर्माण हुने छ । चालु आवभित्रै निर्माण सम्पन्न गर्ने गरि आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको ईञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिए ।
योजना अनुसार वेसमेन्टबाहेक तीन तल्ले भवन बन्नेछ । तेश्रो तल्लामा ५ सय क्षमताको बहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुनेछ । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यावसायिक सटर निर्माण हुनेछ ।
पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिनेछ । यसैगरी १९ वटा सटर निर्माण गरिने छ ।
कार्यक्रममा वडा नम्बर–८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर–५ का वडाध्यक्ष कैफुल वरा जोलाह, वडा नम्बर–२ का वडाध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर–११ का वडाध्यक्ष उज्ववलसिंह राठौंर, वडा नम्बर –१४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, लेखा प्रमुख लोकेन्द्र रावत, प्राविधिक शाखा प्रमुख ईञ्जिनियर भुपेन्द्र बोहरा, प्रशासन शाखाका अधिकृत सन्तोषी विष्ट, नगर प्रहरी निरीक्षक सुर्य बोगटी लगायतको उपस्थिती थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी