विकास प्रेमी युवा समुहद्वारा रक्तदान


विकास प्रेमी युवा समुहद्वारा रक्तदान

गुलरिया (बर्दिया) २ चैत्र : बर्दियाको गुलरिया नगरपालिकामा विकास प्रेमी युवा समुहले रक्तदान कार्यक्रम गरेकोछ ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै गुलरिया उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा समाजसेवि विरु चौधरीले युवा पुस्ता सकारात्मक सोँचका साथ काम गर्ने अभियानको हरेक मोडमा आफुहरुको सहयोग रहेने बताए ।
परिवर्तन नै युवा पुस्ताबाट हुने भएको हुँदा हरेक विषयलाई सोँचेर निर्णय लिन आग्रह समेत उनले गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रममा विकास प्रेमी युवा समुहका केन्द्रिय अध्यक्ष गोपाल निरौलाले विकास प्रेमी युवा समुहले सकारात्मक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सामाजिक काममा तल्लिन रहन युवा वर्गमा आग्रह गरे । उनले युवाहरुले गरेको कार्यको मूल्याङ्कन सगँै हौसला प्रदान गर्नु पर्ने धारणा राखे ।

रक्तदान कार्यक्रममा ३० जना भन्दा बढिले रक्तदान गरेका थिए । विकास प्रेमी युवा समुह गुलरिया नगर समितिले रोजगारीको शिलसिलामा माल्टामा मृत्यु भएका स्वर्गीय अजय श्रेष्ठको सम्झनामा उक्त रक्तदान कार्यक्रम गरेको विकास प्रेमी युवा समुह नगर समिति गुलरियाका अध्यक्ष महेमुद सिद्धिकीले बताए ।