स्थानीय तह निर्वाचन

बाँकेमा महिलाभन्दा पुरुष मतदाता बढी


बाँकेमा महिलाभन्दा पुरुष मतदाता बढी

नेपालगन्ज १५ चैत्र : स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुने भएको हो । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार बाँकेमा मतदाताको सङ्ख्या ३ लाख २९ हजार ४ सय ६६ रहेकोछ ।

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ६७ हजार ३४९, महिला मतदाताको सङ्ख्या एक लाख ६२ हजार ११७ रहेको छ । महिला मतदाताभन्दा पुरुष मतदाताको सङ्ख्या पाँच हजार २३२ ले बढी छ । बाँकेको ८ पालिकामध्ये सबैभन्दा बढि ८१ हजार ७ सय ९४ मतदाता नेपालगन्जमा रहेकाछन् । जहाँ ४३ हजार १ सय ११ पुरुष र ३८ हजार ६ सय ७९ महिला रहेकाछन् । यहाँ महिला भन्दा ४ हजार ४ सय ३२ जना बढि पुरुष मतदाता रहेकाछन् ।

यस्तै जिल्लामै सबैभन्दा कम मतदाता नरैनापुर गाउँपालिकामा मतदाता रहेकाछन् । नरैनापुरमा कुल १८ हजार ५ सय ९९ मतदाता रहेकाछन् । जहाँ १० हजार ९ सय २० पुरुष र ७ हजार ६ सय ७९ महिला रहेकाछन् । यहाँ महिला मतदाता भन्दा ३ हजार २ सय ४१ जना बढि पुरुष मतदाता रहेकाछन् ।

यस्तै कोहलपुर नगरपालिकामा २६ हजार ८ सय १४ पुरुष र २९ हजार ९ सय ८२ महिला गरि कुल ५६ हजार ७ सय ९७ जना रहेकाछन् । तर, यहाँ पुरुष भन्दा ३ हजार १ सय ६८ जना बढि महिला मतदाता रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

खजुरा गाउँपालिकामा १८ हजार ७६ पुरुष र १९ हजार १ सय ८७ महिला गरि कुल ३७ हजार २ सय ६४ जना रहेकाछन् । यहाँ पुरुष भन्दा १ एक हजार १ सय ११ महिला मतदाता बढि रहेकाछन् ।

जानकी गाउँपालिकामा १२ हजार ५ सय ५२ जना पुरुष र १० हजार २ सय ७७ जना महिला गरि कुल २२ हजार ८ सय २९ जना मतदाता रहेका छन् । तर, यहाँ महिला भन्दा २ हजार २ सय ७५ जना बढि पुरुष मतदाता रहेकाछन् ।

यसैगरी डुडुवा गाउँपालिकामा १२ हजार ६ सय ४० पुरुष र ९ हजार ६ सय १५ जना महिला गरि कुल २२ हजार २ सय ५५ जना मतदाता रहेकाछन् । यहाँ महिला भन्दा २ हजार २५ जना बढि पुरुष मतदाता रहेकाछन् ।

बैजनाथ गाउँपालिकामा २१ हजार १ सय ७१ पुरुष र २३ हजार ९ सय ५२ महिला गरि कुल ४५ हजार १ सय २३ जना मतदाता रहेकाछन् । यहाँ पुरुष भन्दा २ हजार ७ सय ८१ जना बढि महिला मतदाता रहेकाछन् ।
राप्तीसोनारी गाउँपालिकामा २२ हजार ६५ पुरुष र २२ हजार ७ सय ४६ महिला गरि कुल ४४ हजार ८ सय १२ जना मतदाता रहेकाछन् । यहाँ पुरुष भन्दा ६ सय ८१ जना बढि महिला मतदाता रहेकाछन् ।

जिल्ला निर्वाचन आयोगका अनुसार बाँकेका ८ वटा पालिकामा एक सय ३६ मतदान स्थल रहेको छ भने ३ सय ७९ मतदान केन्द्र कायम गरिएकोछ ।

पालिकाअनुसार हेर्दा सबै भन्दा बढि मतदान स्थल र मतदान केन्द्र नेपालगन्ज उपमहानगरपालिका रहेकोछ । नेपालगन्ज उपमहानगरपालिकामा मतदान स्थल ३४ र मतदान केन्द्र ९४ रहेकोछ ।

बाँकेमा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा मतदान स्थल र मतदान केन्द्र रहेकाछन् । यहाँ १२ वटा मतादन स्थल रहँदा २४ वटा मतदान केन्द्र रहेकोछ ।

यस्तै कोहलपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ वटा मतदान केन्द्र, खजुरा गाउँपालिकामा १६ मतदान स्थल र ४३ मतदान केन्द्र तथा जानकी गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र
रहेकाछन् ।

यसैगरी डुडुवा गाउँपालिकामा १२ मतदान स्थल र २६ मतदान केन्द्र, बैजनाथ गाउँपालिकामा १६ मतदान स्थल र ५२ मतदान केन्द्र तथा राप्तीसोनारी गाउँपालिकामा १८ मतदान स्थल र ५१ मतदान केन्द्र रहेकाछन् ।

थप समाचार

धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?

बाँकेमा सबैभन्दा बढि नेपालगन्जमा मतदाता

बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

बाँकेमा १६८६ म्यादी प्रहरीका लागि ५८०२ जनाको आवेदन