‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुर्घटनमा दुई नाबालकसहित ४ जनाको मृत्यु


‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुर्घटनमा दुई नाबालकसहित ४ जनाको मृत्यु

जानकी गाउँपालिका वडा नम्बर–६ कोठारपुर नजिक आईतबार विहान भएको स्कुटर दुर्घटना र घाइते । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज २८ चैत्र : नेपालगन्जमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको मृत्यु भएकोछ । ‘ज्यानमारा’ उपमाबाट परिचित नेपालगन्ज–कोहलपुर सडकखण्डमा मृत्यु हुनेमा दुई नाबालकसहित ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जानकी गाँउपालिका वडा नम्बर–६ कोठारपुर र नेपालगन्जको सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी भएको दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

आईतबार राती करिब पौने १२ बजेको समयमा प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको तीव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका दुई जना नाबालक सहित एक महिलाको मृत्यु भएको थियो ।

नेपालगन्ज वडा नम्बर– ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

सडकको छेउमा हिँडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।

कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई सोही कारमा राखेर चालकले नेपालगन्ज मेडिकल कलजे नर्सिङहोम पुर्याएका थिए ।

अस्पताल पुर्याएको १५ मिनेटमै चिकित्सकले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीले कार र चालक इन्द्र बहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ । चालक थापाले मदिरा सेवन गरेको स्विकार गरेको प्रहरीले बताएकोछ ।

कार दुर्घटनामा परि ज्यान गुमाउने मध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन भने अलि समिमाको घरबेटी अस्लम अन्सारीका छोरा हुन् । गर्मीको समय भएकाले दुबै परिवारका सदस्यहरु रातीको खाना खाएर डुल्न निस्केका थिए ।

यस्तै आईतबार विहानै सवा दश बजेतिर कोहलपुरदेखि नेपालगन्ज आइरहेको बा ५७ प ६६०८ स्कुटर जानकी गाउँपालिका वडा नम्बर –६, कोठारपुरको वण्डरल्याण्ड फनपार्क नजिक अनियन्त्रित भइ दुर्घटना हुदाँ गम्भीर घाइते भएका हासिम अन्सारीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका मध्ये स्कुटर चालक डुडुवा गाउँपालिका वडा नम्बर–४ का १७ वर्षिय हासिम अन्सारीको उपचारका क्रममा लखनउमा मृत्यु भएको बताए ।

सोही स्कुटरको पछाडी बसेका भारत बहराईचका ३६ वर्षिय अमिर शेष गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको डिएसपी मल्लले बताए । तिब्र गतिमा रहेको स्कुटर सडकमा रहेको सानो ढुङ्गाका कारण अनियन्त्रित हुन पुगि स्कुटर सडकको ग्रिनबेल्डमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले बताएकोछ ।

थप समाचार

‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुईदिनमा दुईजनाको मृत्यु

‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु