जानकी गाउँपालिका वडा नम्बर–६ कोठारपुर नजिक आईतबार विहान भएको स्कुटर दुर्घटना र घाइते । तस्विर : विजय मल्ल /सेतोखरी
नेपालगन्ज २८ चैत्र : नेपालगन्जमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको मृत्यु भएकोछ । ‘ज्यानमारा’ उपमाबाट परिचित नेपालगन्ज–कोहलपुर सडकखण्डमा मृत्यु हुनेमा दुई नाबालकसहित ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जानकी गाँउपालिका वडा नम्बर–६ कोठारपुर र नेपालगन्जको सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी भएको दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।
आईतबार राती करिब पौने १२ बजेको समयमा प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको तीव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका दुई जना नाबालक सहित एक महिलाको मृत्यु भएको थियो ।
नेपालगन्ज वडा नम्बर– ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानाएकोछ ।
सडकको छेउमा हिँडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।
कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई सोही कारमा राखेर चालकले नेपालगन्ज मेडिकल कलजे नर्सिङहोम पुर्याएका थिए ।
अस्पताल पुर्याएको १५ मिनेटमै चिकित्सकले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरीले कार र चालक इन्द्र बहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ । चालक थापाले मदिरा सेवन गरेको स्विकार गरेको प्रहरीले बताएकोछ ।
कार दुर्घटनामा परि ज्यान गुमाउने मध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन भने अलि समिमाको घरबेटी अस्लम अन्सारीका छोरा हुन् । गर्मीको समय भएकाले दुबै परिवारका सदस्यहरु रातीको खाना खाएर डुल्न निस्केका थिए ।
यस्तै आईतबार विहानै सवा दश बजेतिर कोहलपुरदेखि नेपालगन्ज आइरहेको बा ५७ प ६६०८ स्कुटर जानकी गाउँपालिका वडा नम्बर –६, कोठारपुरको वण्डरल्याण्ड फनपार्क नजिक अनियन्त्रित भइ दुर्घटना हुदाँ गम्भीर घाइते भएका हासिम अन्सारीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका मध्ये स्कुटर चालक डुडुवा गाउँपालिका वडा नम्बर–४ का १७ वर्षिय हासिम अन्सारीको उपचारका क्रममा लखनउमा मृत्यु भएको बताए ।
सोही स्कुटरको पछाडी बसेका भारत बहराईचका ३६ वर्षिय अमिर शेष गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको डिएसपी मल्लले बताए । तिब्र गतिमा रहेको स्कुटर सडकमा रहेको सानो ढुङ्गाका कारण अनियन्त्रित हुन पुगि स्कुटर सडकको ग्रिनबेल्डमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले बताएकोछ ।
थप समाचार
‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : दुईदिनमा दुईजनाको मृत्यु
‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’