नेपालगन्जियाले रुचाएका प्रशान्त नाम जस्तै स्वभाव पनि ‘प्रशान्त’


नेपालगन्जियाले रुचाएका प्रशान्त नाम जस्तै स्वभाव पनि ‘प्रशान्त’

नेपालगन्ज १६ वैशाख : ‘प्रशान्त’ अर्थात मनमा कुनै किसिमको विकार नभएको, शान्त । अझ भनौं चञ्चल स्वभाव नभएको, निश्चल र स्थिर (नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत शब्दकोशमा ब्याख्या भएको शब्दकोश अनुसार )।

प्रशान्त विष्ट नेपालगन्जियका लागि नयाँ अनुहार होइन् । न त नयाँ नाम नै हो । नेपालगन्ज अथवा समग्र बाँकेको विभिन्न राजनीतिक आरोहअवरोहमा खुबै रुचाइएको ब्यक्ति हुन् ।

राजनीतिमा अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्म चिरपरिचित यो नाम र अनुहार नेपालगन्जका प्रत्येक गली, सडक र टोलवस्तीमा सबैलाई कन्ठस्थ छ ।

Kids Festival 2022
kanti aarogya hospital

शाब्दिक अर्थ जस्तै प्रशान्तको सबैसँग सरल व्यवहार, सहयोगी भावना र असल स्वभाव छ जसका कारण उनी लोकप्रिय छन् । दिनरात सेवाभावका साथ जनताकै माझमा रहने विष्ट अब्बल नेतृत्व क्षमता भएका नेता मानिन्छन् । यसैका कारण उनको चर्चा र परिचर्चा बाँकेको राजनीति वृत्तमा मात्र सिमित छैन ।

त्यसो त प्रशान्तलाई राजनीतिक आन्दोलन होस् वा अन्य सामाजिक कार्यका बेला उनको खोजी हुने गरेको थियो । तर, आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा काँग्रेसबाट टिकट पाएसंगै उनको चर्चा नेपालगन्जमा मात्र सिमित छैन देश तथा विदेशमा उनको चर्चा चुलिदैं गएकोछ ।

मेयरको टिकट पाएसंगै निकै नै सम्भावना बोकेका शिक्षित युवा नेताका रुपमा परिचित प्रशान्तलाई बास्तविक नेपालगन्जियाले भावि मेयरका रुपमा स्वीकारीसकेकाछन् ।

नेपालगन्जको मेयर बन्ने दौडमा रहेका लोकप्रिय युवा नेता विष्टको स्वभाव, ब्यवहार र लोकप्रिय गुणले मेयर जित्नेमा पक्का नै रहेको नेपालगन्ज उपमहानगरबासी बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ एमपी स्कुल छेउ बसोबास गर्ने प्रशान्त स्कुले ठिटोबाट नेविसंघमा रहेर उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन् । उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए ।

२०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिव चुनिए । २०५६ सालमै नेविसंघ नेपालगन्ज अध्यक्ष बनेका विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता साबित भइसकेका छन् ।

उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेर विजयी भएका थिए । २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ ईकाइ उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापतिमा विजयी भए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे ।

२०६२–६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुर्व्यवहार तथा कयौं पटक हिरासतमा परेका थिए । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । लोकतन्त्र प्राप्तिका लागि उनले त्यो बेला पु¥याएको योगदान महत्वपूर्ण रहेको अन्य राजनीतिक दलका सहकर्मी नेताहरु बताउने गर्छन् । २०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाएर युवामा लोकप्रिय छाप बसाउन सफल भइसकेका छन् ।

२०६८ सालमा नेपालगन्ज नगर कमिटीमा काँग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए ।

तेस्रो पटक फेरि पनि उनी अत्याधिक बहुमतका साथ नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा निर्वाचित हुँदा नेपालगन्जको भावि मेयरका रुपमा हेरिएको थियो ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका विष्ट तेस्रो पटक नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएका व्यक्ति हुन् । लोकप्रिय मतका साथ तेस्रो पटक काँग्रेस नगरसभापति भएका विष्टलाई मेयरको सबैभन्दा बलियो उम्मेदवार मानिएको छ ।

नेपालगन्जको भविष्यसंग जोडिएर चर्चामा रहेका युवा नेता प्रशान्त यतिबेला चुनावी मैदानमा उत्रिएकाछन् । निर्वाचनमा होमिएका प्रशान्तलाई उनको पार्टी र कार्यकर्ताको मात्र साथ र सहयोग छैन् । उनको स्वभाव र ब्यवहारबाट सन्तुष्ट नेपालगन्जियाले उनलाई थप हौसला र साथ समेत दिइरहेकाछन् ।

यतिबेला निर्वाचनका गतिविधि लिएर मतदाताको घरदैलोमा पुगिरहेका प्रशान्तलाई मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिदैं आफ्नो विश्वास र भरोसा नतोड्न खबरदारी समेत गरिरहेकाछन् ।

नेपालगन्जको जुन गलि, जुन बस्ती अनि टोल जान्छन् उनलाई मतदाताले खुलेर साथ र सर्मथन गरिरहेकाछन् । मतदातासंग भेट गर्दै प्रशान्तले वास्तविक नेपालगन्जको मूल मर्म र समस्यालाई नजिकबाट नियालिरहेकाछन् ।
मतदाताका घरघर पुगिरहेका प्रशान्तले नेपालगन्जको समग्र बिकास र समृद्धिका लागि मेयर पदमा प्रशान्तको विकल्प नभएको बताउँदै गठवन्धनबाट उपमेयरका उम्मेदवार कमरुद्दिन राईसहित काँग्रेसबाट विभिन्न वडामा उम्मेदवार भएका काँग्रेसका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु विजय गराउन आग्रह पनि गरिरहेकाछन् ।

बिष्टले आफू निर्वाचित भए पश्चात् नेपालगन्जका नागरिकहरुलाई अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहेकाछन् । नेपालगन्जको आधुनिक बिकासको खाँचो रहेको भन्दै उनले त्यो काम आफूले पुरा गर्ने बताए ।

राजनीति पृष्ठभूमिमा विछट्टै पहिचान बनाउन सफल विष्टले काँग्रेसबाट उपमहानगरपालिकाको मेयरको टिकट पाएसंगै उपमहानगरपालिकाको नेतृत्व सम्हाल्नेमा ढुक्कछन् । काँग्रेस कार्यकर्ताको नजरमा योग्य, बलियो र कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका विष्ट काँग्रेस कार्यकर्तामा मात्र होइन अन्य राजनीतिक दल तथा ब्यक्तिहरुमा पनि रुचाइएका युवा नेता हुन् । नगरमा काँग्रेससंगै अन्य दल लगायत मधेशी, मुस्लिम, युवा माझमा उनको राम्रो पकड रहेकोछ ।

पार्टीलाई झन् बलियो बनाउँदै लाने र स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने पहिलो एजेण्डा रहेको बताउने प्रशान्तले स्वर्गीय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न र नगरबासीको मुहार परिर्वतनका लागि आफूले पाएको जिम्मेवारीमा रत्तिभर पनि विचलित नहुने प्रतिक्रिया दिए । नेपालगन्जको २३ वटै वडामा नयाँ र पुरानो गरी काँग्रेसका ३ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् । यसले पनि विष्टलाई मेयरमा बाजी मार्न थप बल पुग्नेछ ।

थप समाचार

‘नेपालगन्जको समृद्धिका लागि ‘प्रशान्त–कमरुद्दिन’को जोडी जित्नुपर्छ’

गठबन्धनका साझा उम्मेदवार विष्ट र राई प्रचार–प्रसारमा जुटे

नेपालगन्ज मेयरका उम्मेदवार प्रशान्त बिष्टको सम्पर्क कार्यालय स्थापना

बाँकेमा उत्सवमय मनोनयन दर्ता

नेपालगन्ज मेयरको टिकट मैले पाए, सबै मिलेर मलाई जिताउनुहोस् : प्रशान्त विष्ट