तारा एयर विमान दुर्घटना : ज्यान गुमाउने यी हुन चालक दलसहित यात्रु


तारा एयर विमान दुर्घटना : ज्यान गुमाउने यी हुन चालक दलसहित यात्रु

नेपालगन्ज १६ जेठ : मुस्ताङमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव संकलन भइरहेको छ । घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा पुगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव संकलन गरिरहेका छन् ।

हालसम्म १६ जनाको शव भेटिएको छ । उनीहरूको पहिचान भने भएको छैन । शव संकलन गरेर काठमाडौं पु¥याइ आफन्तको जिम्मा लगाइनेछ ।

आईतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको नाइनएनएईटी ट्विनअटर जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना परेका छन् । यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए ।

विमान क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए । चालक दलमा कोपाइलट उत्सव पोखरेल र एअरहोस्टेज किस्मी थापा थिए ।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा चार जना भारतीय र दुई जना जर्मनी नागरिक छन् । जर्मन नागरिक वई विल्लनर र माइक ग्रिटग्राफ जहाजमा सवार थिए ।

यस्तै, रितिका त्रिपाठी, धनुष त्रिपाठी, अशोककुमार त्रिपाठी, तुलसादेवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, गणेश नारायण श्रेष्ठ, वसन्त लामा, इन्द्रबहादुर गोले, पुरुसोत्तम गोले, रामकुमार गोले, रबिना श्रेष्ठ सवार थिए । यीमध्ये चार जना भारतीय नागरिक हुन् ।

थप समाचार

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव पोष्टमार्टम गर्न काठमाण्डौं लगिने

सम्पर्कविहनी भएको तारा एयरको विमान भेटिएन, खोजी कार्य स्थगित

विमान बेपत्ता अपडेट : लेते क्षेत्रमा २ पटक घुमेको थियो