बर्दिया घटना : राजापुरका डिएसपी जिल्ला तानिए


बर्दिया घटना : राजापुरका डिएसपी जिल्ला तानिए

नेपालगन्ज २५ जेठ : ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाका डिएसपीलाई जिल्ला प्रहरी कार्यालय बर्दिया तानिएकोछ ।

राजापुरमा कार्यरत डिएसपी सूर्य सुवेदीलाई जिल्ला प्रहरी कार्यालयमा तानेको हो । राजापुरमा डिएसपी प्रकाश सापकोटालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिका–२ ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भएको थियो । आदेश बिना नै गोली चलाएको भन्दै गृह मन्त्रालयले घटना छानविन गर्न समिति समेत बनाएको छ ।

बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा प्रहरीले दमन गरेको थियो । मृतकको शव गुलरिया अस्पतालमा राखिएको छ । प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । अस्मिताको नेपालगन्जमा उपचार चलिरहेकोछ ।

अबरुद्ध सडक खुलाउन भएको झडपमा ११ जना सर्वसाधरण, नेपाल प्रहरीका १३ जना र सशस्त्र प्रहरीका ७ जना घाइते भएका थिए । भने २ जना प्रहरी गम्भीर घाईते हुँदा थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो ।

थप समाचार

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन, छानविन गरेर दोषीलाई कारबाही गछौं

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु