साग स्वर्ण विजेता सञ्जुका परिवारलाई ५४ लाख २० हजार बीमा रकम हस्तान्तरण


साग स्वर्ण विजेता सञ्जुका परिवारलाई ५४ लाख २० हजार बीमा रकम हस्तान्तरण

नेपालगन्ज ५ असारः भारोत्तोलनका अन्तराष्ट्र्रिय खेलाडी स्वर्गीय सञ्जु चौधरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईतबार मृतक सञ्जुकी आमा राप्तीसोनारी– ३ निवासी सुन्दरमोती थारुलाई ५४ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रदेश प्रमुख भोज कुँवर, वरिष्ठ अभिकर्ता माधव अधिकारी लगायतले चेक हस्तान्तरण गरेका थिए ।

सञ्जुको परिवारलाई बीमाङ्क दावी वापत ५० लाख, बोनस वापत १ लाख ४० हजार र अन्तरिम बोनस वापत २ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कम्पनीले सञ्जुको असामयिक निधन भएकोमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक सहानुभुती प्रकट पनि गरेको छ । सञ्जु आफ्नै कोठामा झुण्डिएको अवस्थामा गत बैशाख अन्तिम सातातिर मृत अवस्थामा फेला परेकी थिइन् ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णपदक जितेकी चौधरीले आत्महत्या नै गरेको प्रहरीले निस्कर्ष निकालेको थियो । उनी सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुन् ।

थप समाचार

भारोत्तोलनकी स्वर्ण पदक विजेता सञ्जु मृत भेटिइन्

मृत भेटिनु अघि सञ्जुले फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?