नेपालगन्ज ५ असारः भारोत्तोलनका अन्तराष्ट्र्रिय खेलाडी स्वर्गीय सञ्जु चौधरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईतबार मृतक सञ्जुकी आमा राप्तीसोनारी– ३ निवासी सुन्दरमोती थारुलाई ५४ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रदेश प्रमुख भोज कुँवर, वरिष्ठ अभिकर्ता माधव अधिकारी लगायतले चेक हस्तान्तरण गरेका थिए ।
सञ्जुको परिवारलाई बीमाङ्क दावी वापत ५० लाख, बोनस वापत १ लाख ४० हजार र अन्तरिम बोनस वापत २ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको हो ।
कम्पनीले सञ्जुको असामयिक निधन भएकोमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक सहानुभुती प्रकट पनि गरेको छ । सञ्जु आफ्नै कोठामा झुण्डिएको अवस्थामा गत बैशाख अन्तिम सातातिर मृत अवस्थामा फेला परेकी थिइन् ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णपदक जितेकी चौधरीले आत्महत्या नै गरेको प्रहरीले निस्कर्ष निकालेको थियो । उनी सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुन् ।
थप समाचार
भारोत्तोलनकी स्वर्ण पदक विजेता सञ्जु मृत भेटिइन्
मृत भेटिनु अघि सञ्जुले फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग