File Photo
नेपालगन्ज १९ असार : पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ परेका हुन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला परेको घटनामा ‘हत्या’ अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् ।
यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए ।
उनका अनुसार हिजो (शनिबार) पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए ।
उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेको थियो ।
थप समाचार
अछाम विनोद मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन मानेन, ४ दिनदेखि शव घटना स्थलमै
अछाम विनोद मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ, अझैं जाहेरी दर्ता भएन