हवल्दारपुरको ह्याप्पी वर्ल्ड वाटर पार्कमा दुर्घटना, बालकको टाउको फुट्यो


हवल्दारपुरको ह्याप्पी वर्ल्ड वाटर पार्कमा दुर्घटना, बालकको टाउको फुट्यो

नेपालगन्ज १५ साउन : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुरमा रहेको ह्याप्पी वर्ल्ड वाटर पार्कमा दुर्घटना भएकोछ । वाटर पार्कमा स्विमिङ गर्न गएका एक बालक उक्त दुर्घटनामा परि गम्भीर घाइते भएकाछन् ।

नेपालगन्जको बालेगाउँ स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्न गएका नेपालगन्ज नम्बर–११ का चुन्नु जसगढका छोरा १४ वर्षिय ८ अल्तमस जसगढको डुबेर मृत्यु भएको घटना सेलाउन नपाउँदै पुनः बाँकेको फनपार्कमा सञ्चालित स्विमिङ पुलमा उक्त दुर्घटना भएको हो ।

मानसरोवर होलिडे ईन प्रालिद्वारा सञ्चालित उक्त ह्याप्पी वर्ल्ड वाटर पार्कमा शनिबार(हिजो) साथिभाईसंग स्विमिङ गर्न गएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ विशाल चोक निवासी समृद्ध भण्डारी गम्भीर घाइते भएका हुन् ।

नेपालगन्जको आर्दश उमाविमा अध्ययनरत १४ वर्षिय बालक भण्डारी स्विमिङ गर्नेक्रममा ह्याप्पि वर्ल्ड वाटर पार्कको गैरजिम्मेवारी र त्रुटीका कारण घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकोछ । स्विमिङ गर्नेक्रममा गम्भीर घाईते भएका भण्डारीको नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार गराइएको हो । चिकित्सकले उनको टाउकोमा गम्भीर चोट लागेपछि ७ वटा टाँका समेत लगाएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
ह्याप्पी वर्ल्ड वाटर पार्कमा स्विमिङ खेल्नेक्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका बालक समृद्ध भण्डारी ।

स्विमिङ पुलमा निमार्ण गरिएको ‘चिप्लेटी’बाट समृद्ध तल (स्विमिङ पुल) आउँदै गर्दा अघि नै चिप्लेटी गरिरहेका बालकसंग ठोक्किएर स्विमिङ पुलमा निर्माण गरिएको संरचनामा बजारिदाँ उनको टाउको फुटेको हो ।

आफ्ना साथीभाइसंग टिकट काटेर स्विमिङ गर्न पुगेका समृद्ध भण्डारी दुर्घटनामा परि घाइते भएपछि उनका अभिभावकले ह्याप्पी वल्र्ड वाटर पार्क विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको सेतोखरीलाई जानकारी दिए ।

ह्याप्पी वर्ल्ड वाटर पार्कमा निर्माण गरिएका अधिकांश संरचना गुणस्तरहिन र मापदण्ड विपरित रहेकाछन् । फनपार्कले स्विमिङ्ग पुल बनाउने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा सुरक्षा जोखिम बढेको हो ।

फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् । पैसा कमाउन खोज्ने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा स्विमिङ पुलमा गएर पौडी खेल्न र मनोरञ्जन लिने अधिकांश जोखिममा रहेकाछन् ।

शनिबारको दिन साथीहरुसंग स्विमिङ गर्न गएको छोरा घाईते भएपछि ह्याप्पी वल्र्ड वाटर पार्क सञ्चालकसंग अभिभावकले दुर्घटना बारे जानकारी लिन खोज्दा समेत सञ्चालकले गैर जिम्मेवारी जवाफ दिएको समृद्धका अभिभावकले बताएकाछन् ।

स्विमिङ गर्नेक्रममा आफ्नो बच्चा घाइते हुँदासमेत गैरजिम्मेवार हुँदै उपचारका लागि आफूहरुले केही गर्न नसक्ने ईन्स्योरेन्स क्लेम गर्नु भनेर सञ्चालक तर्केको समृद्धका अभिभावकले बताए ।

‘बच्चा घाइते भयो, कमसेकम उपचारका लागि तत्काल अस्पताल पु¥याइनुपर्ने थियो त्यसो भएन । अभिभावकलाई समेत राम्रो रेस्पोन्स भएन’ उनले अगाडी थपे–‘आफ्नो बच्चालाई जोखिममा पार्नु छ भने यस्ता गैरजिम्मेवार, असुरक्षित फनपार्कमा कसैले पनि आफू र आफ्ना बच्चा नपठाउनु ।’

ह्याप्पी वर्ल्ड वाटर पार्कसहित बाँकेमा सञ्चालित यस्ता स्विमिङ पुलहरुले राम्रो आय आर्जन गरिरहेको भएता पनि पर्याप्त सुरक्षाको प्रबन्ध नगराउँदा यी पौडीस्थलहरु जोखिमपूर्ण बनेकाछन् । दिनहुँजसो सानो ठूलो दुर्घटना हुने गरेकोछ ।

केही समय अघि ह्याप्पी वल्र्ड वाटर पार्कमा स्विमिङ गर्नेक्रममा एकजनाको हात समेत भाचिएको उक्त पार्कमा काम गर्ने एक कर्मचारीले नाम छाप्ने शर्तमा बताए ।

‘यहाँ सुरक्षाको प्रबन्ध राम्रो मिलाइएको छैन, साना ठूला दुर्घटना हुन्छ सञ्चालकबाट हामीले भनाई खाइरहनुपर्छ’ ती कर्मचारीले भने–‘प्रयाप्त दक्ष जनशक्ति र उद्दारका सामाग्री समेत छैनन् । उपलब्ध जनशक्तिले कहाँकहाँ भ्याउने ?’

यसरी सञ्चालनमा आएका पौडी पोखरीका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक सामाग्री हुनुपर्छ तर, जसरी पनि पैसा कमाउन तल्लिन यहाँका स्विमिङ पोखरी सञ्चालकले भने उक्त कुराको प्रबन्ध नगरेरै स्विमिङ पुल सञ्चालन गरिरहेकाछन् ।

सर्वसाधरणसंग मोटो रकम असुल्ने तर, यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा बाँकेका विभिन्न फनपार्कमा सञ्चालित स्विमिङ्ग पुल ‘ज्यानमारा’ साबित भएकोछ ।

बाँकेको नेपालगन्ज लगायत कोहलपुरमा सञ्चालित फनपार्कमा व्यावसायिक पौडी पोखरी खुलेकाछन् । बढ्दो पौडी पोखरीसँगै यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड, सुरक्षाको प्रबन्ध नअपनाउँदा पौडी खेल्नेक्रमा सर्वसाधरणको अनाहकमा ज्यान समेत जाने गरेकोछ । भने कतिपय अगंभगं समेत भएकाछन् ।

थप समाचार

पैसा कमाउन फन पार्कमा ‘ज्यानमारा स्विमिङ्ग पुल’

मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु