डेंगुबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, १५ हजार बढी संक्रमित


डेंगुबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, १५ हजार बढी संक्रमित

नेपालगन्ज २ असोजः नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगको छ । भने डेंगु संक्रमित हुनेको संख्या १५ हजार ४२३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबार (सेप्टेम्बर १६)सम्म सो संख्यामा संक्रमित भएका हुन् ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा चार हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरमा चार हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएको विज्ञहरू बताउँछन् । आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

डेंगु निको हुने विश्वासमा मेवाको पातलगायत घरेलु औषधिहरू सेवन नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूको सुझाव छ ।

थप समाचार

नेपालमा डेंगुबाट ९ जनाको मृत्यु, ११ हजार संक्रमित

देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

डेंगुका कारण बजारमा सिटामोलको अभाव !

भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?