नेपालगन्ज १७ कार्तिक : बाँके क्षेत्र नम्बर– २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनालले जनताले पटक–पटक विश्वास गरेका पुरानै अनुहारलाई मतदान गरेपनि राज्यबाट आर्थिक संकट बाहेक वास्तविक बिकासको अनुभुति हुन नसकेको बताएकाछन् ।
चुनावी अभियानलाई तिब्रता दिँदै बिहीबार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शिवसेना नेताका रुपमा परिचित स्वतन्त्र उम्मेदवार दीवाकरले विकासको सपना देखाएर जनतालाई झुक्याएर नेताहरुले देशको ढुकुटी लुट्नु बाहेक केही नगरेको दावि गरे ।
उनले भने, ‘देशको आर्थिक स्थितिले धान्नै नसक्ने बिषयहरुलाई आफ्ना प्रतिबद्धतामा समावेश गरेर जनतालाई बिभिन्न लोभ लालचमा पारेर नेताहरु सरकारमा जाने र जनताले पसिनाको खोला बगाएर जम्मा गरेको कोष बाँडीचुडी खाने गरेकाछन् ।’
दिनप्रति दिन देशको आर्थिक स्थिति कम्जोर हुदैँ गएको र जनताले सास्ती बाहेक परिर्वतनको अभाष गर्न नपाएको दिवाकरको भनाईछ ।
‘महंगाई बढेको छ । देशको सबै पैसा बाहिरीएको, भ्रष्टाचार गरेर आफ्ना रजाई गरिरहेकाछन् । जनताको करमा रजाई गरेका विकासका नारा लगाउने भिजन नभएकालाई जनताले तह लगाउनेछन्’ दीवाकरले भने ।
‘दिनभरी परीश्रम गरेर कमाएको पैसाबाट दुई छाक खाना पनि धौ–धौ भएका जनतालाई विकासका नाममा आश्वासन बाँडियो । कोरोना कहरमा भोटको राजनीति गर्न माहिर विकास र अग्रगमनका नाममा राजनीति गर्नेहरु जनतालाई झुक्यिाइरहेका छन् । यो बेला जनता जागरुक हुन जरुरी छ, सहि व्यक्तिहरुलाई चिन्न जरुरी छ र त्यस्ता तत्वहरुलाई समाजबाट बाहिर फाल्न आवश्यक छ’ दीवाकरले भने ।
उनले अगाडी थप, ‘राजनीतिको खोलमा बाँकेको सामाजिक सद्भाव विथोल्न र आफूलाई ‘मसिहा’ सावित गर्न लागि परेका नेतालाई चिन्नुपर्छ । हिन्दुत्वको एजेण्डा लिएर राजनीतिमा आएको म एकल उम्मेदवार हो । यो कुरा जनताले बुझिसकेका छन् र मतदाताले त्यसको सही निर्णय गर्नेछन् ।’
दीवाकरले अगाडी भने–‘आन्दोलनका नाममा राजनीतिक पहुँच बनाएर सरकारमा गएका ‘विकासप्रेमी’ नामले अनरगल प्रचार गर्नेले नै राज्यको ढुकुटी दोहन गरि अर्बौको कुखरा फारम र दानाको व्यवसाय, भवन निर्माण गरेकाछन् । यस्ता नेतालाई जनताले ठिक पार्छन् ।’
उनले अगाडी थपे, ‘यो पैसा कहाँबाट आयो ? केही महिनाका लागि मात्र सरकारमा गएका नेताले यति धेरै रकम कसरी जोहो गर्न सके ? जनताको काम गर्न भनि गएकाहरु रातारात करोडपति बन्ने अनि जनताको समस्या ज्यूँका त्यूँ हुने । सरकारले प्रदान गर्ने तलब, भत्ता, सेवा सुविधाबाट यत्रो लगानी पक्कै हुन सक्दैन ! मलाई त देशको धेरै चिन्ता लागेको छ, कतै फेरी पनि जनता भुक्किने त होइनन् ? स्पष्ट देखिने बिषयमा अख्तियार किन बोल्न सकेको छैन ? यो सबै सेटिङ्ग हो ।’
उनले यतिबेला जनताको ध्यान भड्काउन केही तत्वहरु हिन्दुको आस्थामाथि खेलवाड गरिरहेको भन्दै त्यस्तालाई समयमै चिनि तह लगाउन अपील गरे । यतिबेला दीवाकर क्षेत्र नम्बर–२ मा जनतासँग भेटघाटलाई तिब्र पार्दै जनताका समस्या र मुद्दालाई याथोचित सम्बोधन गर्न आफ्ना एजेण्डा प्रस्तुत गरिरहेकाछन् ।
थप समाचार
बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भए : स्वतन्त्र उम्मेदवार दीवाकर
अर्ना चुनाव चिन्हमा हिन्दु एकताको नारा लिएर घरघरमा दिवाकर
खनाललाई समर्थन गर्दै स्थानीयले भने, ‘चुनावसम्म हामी कसैको चिया खादैनौं’
स्वतन्त्र उम्मेदवार दीवाकरको शहर केन्द्रित प्रचारप्रसार सुरु
‘वन टाइम पे’ को नीतिमा स्वतन्त्र उम्मेदवार दीवाकर
आठ वटा गोली खाएर बाँचेका दिवाकर हिन्दू राष्ट्र निर्माणका लागि लड्दै