एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा


एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

नेपालगन्ज १८ कार्तिक : आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहीबारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।

एम्सले बिहीबार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सूचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट (https://aims-worldrunning.org/calendar.html) मा सम्बोधन गरेको हो ।

यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।

‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगन्ज, लुम्बिी र नेपालशब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदाय माझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

एम्सले आफ्नो क्यालेण्डरमा नेपालगन्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट (www.nepalgunjmarathon.com)सहित जानकारी उपलब्ध गराइदिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।

एम्सको क्यालेण्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलो पल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदायमाझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत साता मात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।

केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । दश वर्षे द्वन्द्वलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहतशान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथले २०७२ सालदेखि यात्रा आरम्भ गरेको हो ।

हरेक मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस वर्ष आमनिर्वाचनका कारण मंसिर २४ गते सारिएको छ । आठौं धारा नेपालगन्ज म्याराथनमा धारा तेलसँगै होटल सोल्टी वेष्टेन्ड प्रिमियर, शिखर प्लाई, दराज, बडवाइजर बियर, नेपालीपात्रो, हाम्रो खेलकुद डट कम, दैनिक नेपालगन्ज, नेपालगन्ज ग्यालेरी, कोहलपुर ग्यालरी लगायतले सहकार्य गर्दैछन् ।

धेरैभन्दा धेरै कर्पोरेट हाउस लगायत संघसंस्थालाई आयोजक क्रियटिभ ह्याण्ड्सले सहकार्यका लागि आह्वान गरेको छ । म्याराथनलाई ठाउँको पहिचानसँग स्थापित गर्न र साझा कार्यक्रमका रुपमा विकास गर्न आयोजकले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

थप समाचार

नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु

सातौं धारा नेपालगन्ज म्याराथन विजेतालाई एक लाख

नेपालगन्ज म्याराथनमा महानायक राजेश दौडिने

दौडको महाकुम्भः नेपालगन्ज म्याराथन