नेपालगन्ज ३० कार्तिक : बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको दीपक बर्माको आरोप छ ।
विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको छ ।
नेकपा एमाले बाँकेका उपसचिव एवम् नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष दीपक बर्माले बुधबार पत्रकार सम्मेलन गरी इस्तियाकले आफूले गरेका र गर्न लागेको भनि प्रचारबाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिका नै नभएको प्रष्ट पारे ।
‘चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री समेत रहेका राईले हुँदै नभएका र आफ्नो कुनै योगदान नै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ’, नेता बर्माले भने, ‘नेपालगन्ज उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना भन्नु कहाँ सम्मको झुट हो ।’
नेपालगन्ज –१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाईएका हाइमास्ट र सडकलाई समेत इस्तियाक राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाईप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गरे ।
पत्रकार सम्मेलनमा राईले प्रचार सामाग्रीमा आफूले गरेको भनेर उल्लेख गरेका योजना झुटा सावित गर्ने उपमहानगरपालिकाको बैठक तथा निर्णयको प्रमाण समेत वडाध्यक्ष बर्माले सार्वजनिक गरे ।
राईले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् । यसरी जनतालाई झुक्याउँदै मत मागिरहेका राईप्रति बाँके क्षेत्र नम्बर–२ का जनता आक्रोशित बन्न थालेका छन् ।
मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।
थप समाचार
वडाअध्यक्ष बर्माद्वारा विशाल चोकमा हाइमास्ट शिलान्यास
हाईमाष्ट लाईटको उज्यालोमा चम्किनेछ तेजनगर
वडाअध्यक्ष बर्माद्वारा बुद्धको मुर्तीसहित पार्क उद्घाटन
३ करोड लागतमा कारकाँदोमा सडक निर्माण गरिदैँ, वडाअध्यक्ष बर्माले शिलान्यास गरे