नेपालगन्ज ३० कार्तिक : बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको दीपक बर्माको आरोप छ ।
विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको छ ।
नेकपा एमाले बाँकेका उपसचिव एवम् नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष दीपक बर्माले बुधबार पत्रकार सम्मेलन गरी इस्तियाकले आफूले गरेका र गर्न लागेको भनि प्रचारबाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिका नै नभएको प्रष्ट पारे ।
‘चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री समेत रहेका राईले हुँदै नभएका र आफ्नो कुनै योगदान नै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ’, नेता बर्माले भने, ‘नेपालगन्ज उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना भन्नु कहाँ सम्मको झुट हो ।’
नेपालगन्ज –१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाईएका हाइमास्ट र सडकलाई समेत इस्तियाक राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाईप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गरे ।
पत्रकार सम्मेलनमा राईले प्रचार सामाग्रीमा आफूले गरेको भनेर उल्लेख गरेका योजना झुटा सावित गर्ने उपमहानगरपालिकाको बैठक तथा निर्णयको प्रमाण समेत वडाध्यक्ष बर्माले सार्वजनिक गरे ।
राईले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् । यसरी जनतालाई झुक्याउँदै मत मागिरहेका राईप्रति बाँके क्षेत्र नम्बर–२ का जनता आक्रोशित बन्न थालेका छन् ।
मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।
थप समाचार
वडाअध्यक्ष बर्माद्वारा विशाल चोकमा हाइमास्ट शिलान्यास
हाईमाष्ट लाईटको उज्यालोमा चम्किनेछ तेजनगर
वडाअध्यक्ष बर्माद्वारा बुद्धको मुर्तीसहित पार्क उद्घाटन
३ करोड लागतमा कारकाँदोमा सडक निर्माण गरिदैँ, वडाअध्यक्ष बर्माले शिलान्यास गरे
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ