‘इतिहास’ रच्न सफल नेपालगन्ज म्याराथन


‘इतिहास’ रच्न सफल नेपालगन्ज म्याराथन

नेपालगन्ज २३ मंसिरः नेपालमा नियमित आयोजना भइरहेका म्याराथनमध्ये नेपालगन्ज म्याराथनले ‘इतिहास’ रच्न सफल भएकोछ । म्याराथनको ७ वर्षे लामो यात्रा पुरा गर्दै शनिबार एक भब्य समारोहकाबीच आठौं नेपालगन्ज म्याराथन हुँदैछ ।

तीनमहिना अघि मात्रै रुट मापन गरि विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको थियो ।

यतिमात्र होइन विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने नेपालगन्ज म्याराथन पहिलो म्याराथन हो । एम्सको सदस्यता पाउनुका साथै एम्सको क्यालेण्डरमा समेत समेटिएकाले नेपालगन्ज म्याराथनले नेपालमा म्याराथनको इतिहास रचेको हो ।

नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकाछन् । उनका अनुसार नेपालगन्जको वीपि चोकमा शनिबार विहान ठिक ७ बजे नेपालगन्ज म्याराथनको शुभारम्भ गरिनेछ ।

आयोजक क्रियटिभ ह्याण्ड्सले यसपट म्यारथन विजेताले पाउँदै आएको नगद राशीमा समेत बढोत्तरी गरेको जनाएकोछ ।

नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत गरिनेछ । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ ।

ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको ‘रन फर फन’मा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ ।

किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।

नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु/समापन गेट रहने आठौं नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुनः सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।

लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लाबासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन अध्यक्ष ठकुरीले आग्रह गरे ।

हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन यसवर्ष आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएकोछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।

थप समाचार

नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने

‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट