एमाले र जसपाको दम्भ टुट्यो, डुडुवामा लागेको ताला खुल्यो

पुस ४ गते डुडुवाको गाउँसभा गर्ने सहमती


एमाले र जसपाको दम्भ टुट्यो, डुडुवामा लागेको ताला खुल्यो

डुडुवा (बाँके) २७ मंसिर : बहुमतको दम्भमा विगत ५ महिनादेखि डुडुवा गाउँपालिकाको गाउँसभा विथोल्दै आएका नेकपा एमाले र जसपाको दम्भ अन्ततः टुटेकोछ । नेकपा एमाले र जसपाका निर्वाचित पदाधिकारीहरुले बहुमतको दम्भमा विगत ५ महिनादेखि डुडुवा गाउँपालिकाको गाउँसभा विथोल्दै आएका थिए ।

गाउँसभा विथोल्दा आर्थिक वर्ष २०७९।०८०को गाउँसभा बस्न सकेको थिएन भने बजेटसमेत पास नहुँदा सेवाग्राहीका सबै सुविधा ठप्प भएको थियो । बहुमतको आडमा भद्दा राजनीति गर्दै आएका नेकपा एमाले र जसपा विरुद्ध चौतर्फी आलोचना समेत बढ्दै गएको थियो । नेकपा एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभइ बहुमतको दम्भमा भाँजो हाल्दै विगत ५ महिनादेखि डुडुवा गाउँपालिकाको गाउँसभा विथोल्दै आएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गरि उनीहरुले अनावश्यक विवाद ल्याएर पटक–पटक बैठक सञ्चालन गर्न दिएका थिएनन् ।

कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि पहिलो बैठकबाहेक अन्य दुई वटा बैठकमा विषय प्रबेश नभई स्थागित भएको थियो । त्यसपछि निरन्तर अबरोध सिर्जना गरेका नेकपा एमाले र जसपाका कारण गाउँपालिकाले नियमित कामकारबाही अघि बढ्न सकेको थिएन । यसका साथै कर्मचारीहरुले समेत लामो समयदेखि तलब, भत्ता, पारीश्रमिक नपाएपछि चरणबद्ध सशक्त आन्दोलन थालिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कर्मचारी, शिक्षक लगायतबाट सशक्त आन्दोलन गर्दै गाउँपालिकामा तालाबन्दी गरेपछि बहुमतको दम्भमा रहेका नेकपा एमाले र जसपा अन्ततः गाउँसभा गराउने पक्षमा सहमत भएका हुन् । योसंगै पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपालिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउँसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ ।

कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।

वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन् र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विधी र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताए । आज भएको सहमती अनुसार सभा बसेमा सबै समस्या समाधान हुने उनको विश्वास छ ।

गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीनदिनदेखि कार्यालयमा तालाबन्दी गरि विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति तोकिएपछि उनीहरुले विरोधका सम्पुर्ण कार्यक्रम स्थागित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरि ताला खोलिएको छ । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।

थप समाचार

कर्मचारीद्वारा डुडुवामा तालाबन्दी, सेवा थप प्रभावित

तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

डुडुवाका शिक्षक, कर्मचारीले तलब भत्ता पाएनन्, समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी

जसपा र एमालेका कारण दशैंको मुखमा डुडुवाका शिक्षकले तलब पाएनन्

डुडुवामा एमाले र जसपाको दादागिरी : बहुमतको आडमा बैठक अवरोध गर्दै

डुडुवामा एमाले र जसपाको भाँजो कायमै : गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित

डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो