५८ जना उपचाररत, एक जनाको मृत्यु
नेपालगन्ज ४ माघ : पूर्ण खोपयुक्त बाँके जिल्लामा दादुरा संक्रमण झन विकराल बन्दै गएकोछ ।
२०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा बाँकेका बालबालिकामा दादुरा प्रकोप पाइएको हो ।
नेपालगन्जमा पुष १२ गतेदेखि दादुराको संक्रमण देखिएको हो । त्यसयता बाँकेका ८ पालिका मध्ये नेपालगन्जसहित ४ वटा पालिकामा दादुरा संक्रमण पुष्टि भएकोछ ।
माघको पहिलो सताको अन्तिमसम्म बाँकेमा २०९ जनामा दादुरा संक्रमण फेला परेको छ । यो संख्या नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा भेटिएको दादुरा संक्रमित हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै एक सय ९१ जना बिरामी फेला परेका छन् ।
यस्तै नरैनापुर गाउँपालिकामा १३ जना, खजुरा गाउँपालिकामा ३ जना र कोहलपुर नगरपालिकामा २ जना फेला परेका हुन् ।
जिल्लामा अहिलेसम्म एक सय ५० जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको । ५८ जना घरमै उपचाररत छन् ।
यसबीच, नेपालगन्ज ३१ हजार ४२ जना र खजुराका ५ हजार ९७४ जना गरी ३७ हजार १६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।
थप समाचार
पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित
नेपालगन्जका ११० जनामा दादुरा, दिनहुँ १८ संक्रमित भेटिन्छन्
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ