नेपालगन्ज ६ फागुनः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने भएकाछन् ।
कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण भोली प्रजातन्त्र दिवसका अवसरमा रिहा हुन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । जसमा अरुणको समेत नाम समावेश छ।
सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुणको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले बताएको छ । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।
उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । सोही मुद्दामा सांसद चौधरीसहीत तीन जनामाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १८ हजार ४३२ रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट गत माघ १९ गते पक्राउ गरिएको थियो ।
चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुबै रिटमा अन्तरिम आदेश भएन ।
त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो । २०६६ भदौ ३ मा ट्रयाक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका अर्का वीरबहादुर चौधरीलाई सजाय मिनाहाको तयारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि केहीलाई माफी दिने फायल पेस भएको बताए ।
थप समाचार
नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई नेपालगन्जदेखि काठमाण्डौँबाट धनगढी लगियो
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे