नेपालगन्ज ३ चैत्र : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सदस्य (खेलाडी)लाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार राष्ट्रिय क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ ।
बिहीबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ ।
बिहीबार नेपालले यूएईको प्रतिस्पर्धा गर्दा प्रधानमन्त्री प्रचण्ड खेलाडीलाई हौसला दिन तथा खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए ।
थप समाचार
पीएनजीविरुद्ध नेपालको शानदार जित, विश्वकप छनोटबाट १ खेल मात्रै टाढा
नेपालले जोगायो एकदिवसीय मान्यता
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति