महेन्द्रका विद्यार्थीमा देखिएन उत्साह, ४१ प्रतिशत मात्र मतदान


महेन्द्रका विद्यार्थीमा देखिएन उत्साह, ४१ प्रतिशत मात्र मतदान

नेपालगन्ज ८ चैत्र : पश्चिम नेपालको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बुधबार सम्पन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत पनि मतदान हुन सकेन । बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा कुल १६ सय ९१ मात्रै मत खस्यो । जुन जम्मा मतसंख्याको ४१ प्रतिशत मात्रै हो ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका अनुसार ४१ सय २२ मतदाता रहेको महेन्द्र बहुमुखी क्याम्पसमा १६ सय ९१ जनाले मात्रै मतदान गरे ।

स्ववियु सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएकाछन् । निर्वाचनमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिष्पर्धा छ । नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसँग तालमेल गर्दा बाँकी सबै विद्यार्थी संगठन अनेरास्ववियुसँग संयुक्त गठबन्धनमा छन् ।

सभापतिमा नेविसंघबाट जीवनराज सुवेदी र अनेरास्ववियुबाट माधब खत्री चुनावी प्रतिष्पर्धामा छन् । यस्तै अखिल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट सुजन परियार र स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवर पनि सभापतिका उम्मेदवार हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

सचिवमा नेविसंघबाट नरदेव थारु तथा संयुक्त प्यानलबाट हरेन्द्रबहादुर विक प्रतिष्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा नेविसंघबाट देवी रेग्मी र संयुक्त प्यानलबाट भरत बुढथापाबीच प्रतिष्पर्धा छ ।

प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र आठ जना सदस्यका लागि निर्वाचन भएको छ । भने बाँकी पदमा समानुपातिक प्रणालीबाट मतदान भएको क्याम्पसका निर्वाचन अधिकृत ठण्डिराज जमरकट्टेलले जानकारी दिए ।

यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई सबै राजनितिक दलहरुले चासोका साथ हेरेका छन् । विहान ८ बजेदेखि सुरु भएको मतगणना अपरान्ह ४ बजेसम्म चलेको थियो । अब केहीबेरमा मतगणना सुरु हुनेछ ।

आजको निर्वाचनबाट २५ जना प्रत्यक्ष र ३१ जना समानुपातिक गरि ५६ जना निर्वाचित हुनेछन् । २०६५ साल यता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

बाँकेमा हालसम्म चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भैसकेको छ । जसमा दुईवटा क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियु, एउटामा काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एउटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित भएका छन् ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ, अनेरास्ववियू समाजवादी, अखिल क्रान्तिकारी संयुक्त प्यानलकी उम्मेदवार दीपिका सोनी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा अनेरास्ववियुका विनय कुमार यादव, बागेश्वरी क्याम्पस कोहलपुरमा पनि अनेरास्ववियुकै देबेन्द्र बुढा सभापतिमा विजयी भएका थिए ।

यस्तै जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुर, हब्रहवामा अनेरास्ववियू, नेविसंघ र नागरिक विद्यार्थी समाज संयुक्त प्यानलबाट निरा थारु सभापतिका रुपमा निर्वाचित भैसकेकी छिन् ।

थप समाचार

नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा दीपिका, ज्ञानोदयमा विनयकुमार निर्वाचित

स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित

मुलुक स्ववियु निर्वाचनमय

मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

 स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता