चक्रे मिलन (सानो घेरा) र उनको सुरक्षार्थ खटिएका युवकले बोकेको हतियार ‘पोइन्ट टुटु’* राइफल (ठुलो घेरा) ।
नेपालगन्ज २८ चैत्र : गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगन्ज गएका बेला उनलाई ‘पोइन्ट टुटु’* राइफलसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् ।
मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगन्ज पुगेको हुन् ।
* यसअघि हतियारको नाम फरक पर्न गएकोमा सच्याइएको छ ।
थप समाचार
चर्चित ‘डन’ चक्रे मिलनलाई ‘पोइन्ट टुटु’* राइफलको सुरक्षा, युवा महाधिवेशन स्थल निर्धक्क पुगे
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)