तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न


तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

नेपालगन्ज ९ वैशाख : बाँकेमा जारी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा भएको फेस्टिवलका विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो ।

दुई दिनसम्म चलेको फेस्टिवलका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिवल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए ।

‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाहीलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी शुक्रबारदेखि सुरु भएको फेस्टिवलमा खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवनतर्फ मनोज पौडेल, कृषितर्फ राज बहादुर शाही, नेपाल स्माईल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो ।

Kanti Aarogya Hospital Nepalgunj

समापन समारोहका प्रमुख अतिथि राखेप सदस्य सदस्य सचिव घिसिङले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिवलले थप सहयोग गरेको बताए । उनले भने,‘नेपालगन्ज हरेक विधामा उत्तिकै अब्बल छ । खेलकुदका लागि त झन नेपालगन्ज महत्वपुर्ण सहर हो । फोटो फेस्टिवलमा नेपालगन्ज अगाडी भएको यसले देखाउँछ ।’

फोटोले वास्तविक सन्देश दिने भएकोले यसको महत्व धेरै हुने गरेको सदस्य सचिव घिसिङले बताए । उनले थपे, ‘शब्दहरु लेख्दा सबै कुरा नआउन सक्छ । अथवा आएका कुराहरु केहि फरक भएर आउन सक्छन । तर, फोटोमा त्यस्तो हुँदै यर्थात कुरा फोटोले बोल्छ । त्यसले फोटो फेस्टिवल जस्तो महत्वपुर्ण कार्यक्रममा सहभागि हुन पाउँदा मलाई खुसी लागेको छ ।’

वर्ष फोटो विजेता राजबहादुर शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको भन्दैँ फेस्टिवलको विजेता बन्दा आगामी दिनमा आफ्नो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए ।

आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितीका बाबजुद पनि फेस्टिवललाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिस्कृत गर्दै लग्ने बताए ।

फेस्टिवलमा फोटो प्रतियोगिताबाट छानिएका ८ विधाका १ सय १५ फोटोहरु र बाँके जिल्लाका ‘एक से एक’ फोटोहरु प्रदर्शनीमा राखिएको थियो । दुई दिनसम्म चलेको फेस्टिवलमा करिब ३ हजार जनाले अवलोकन गरेका थिए ।

शुक्रबारदेखि सुरु भएको फेस्टिवलको नेपाली काँग्रेसका सह–महामन्त्री एवम् बाँके क्षेत्र नम्बर–३ का संघीय सांसद किशोर सिंह राठौरले उद्घाटन गरेका थिए ।

बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी र रक्षकको सहकार्यमा भएको फोटो फेस्टिवल भएको थियो ।

फेस्टिवलको फोटो प्रतियोगितामा डेलि लाईफ, कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।

थप समाचार

तेस्रो फोटो फेस्टिबल शुरु, ‘फोटो अफ दि ईअर’को उपाधि शाहीलाई

तेस्रो नेपालगन्ज फोटो फेस्टिवलको सम्पुर्ण तयारी पुरा

नेपालगन्ज फोटो फेस्टिवल वैशाख ८ र ९ मा

नेपालगन्ज फोटो फेस्टिवल र फोटोग्राफी समिटको ब्यापक तयारी

देशमै ‘पहिलोपटक’ नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिदैँ

तेस्रो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

नेपालगन्जको ईतिहास जोगाउन फोटो फेस्टिबल

शाहको एकल फोटो प्रर्दशनी हुदैं

फागुन पहिलो साता नेपालगन्ज फोटो फेस्टिबल