सांसद टोपबहादुर अझैं फरार
File Photo
नेपालगन्ज २७ वैशाख : नेपाली काँग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाणको पक्राउमा केन्द्रित थियो ।
करीब तीन घण्टा बसेको बैठकमा पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणको पक्राउपछिको पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकपछि काँग्रेसका कुनै नेताहरुले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । खाणलाई निलम्बन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । कुनै निर्णय नभएको उनले बताए ।
ती पदाधिकारीका अनुसार भोलि(बिहीबार) फेरि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने सल्लाह भएको छ । भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्नेछ । उक्त बैठकले निलम्बनका बारेमा निर्णय लिने उनले सुनाए ।
यसअघि नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएकोछ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो ।
खाणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको हो । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझैँ फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । यस्तै खाणकै सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।
थप समाचार
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’