दादुरा ‘आउटब्रेक’ : बाँकेसहित १६ जिल्लामा फैलियो


दादुरा ‘आउटब्रेक’ : बाँकेसहित १६ जिल्लामा फैलियो

नेपालगन्ज २८ जेठ : बाँकेसहित देशका १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ ।

परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुषयता शनिबार (हिजो)सम्म बाँकेसहित १६ जिल्लाका ९५१ बालबालिका संक्रमित भएका छन् ।

महाशाखाका अनुसार देशको राजधानी काठमाडौं, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, सुर्खेत, दाङ, अर्घाखाँची, कपिलवस्तु, चितवन, धनुषा, महोत्तरी, मोरङ, सर्लाही र सुनसरीमा दादुराको संक्रमण फैलिएको हो ।

यो अवधिमा बाँकेमा मात्र ३२९ बालबालिका संक्रमित भएका छन् । काठमाडौंमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमा नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

काठमाडौंमा भने गोकर्णेश्वर नगरपालिका–९ मा चार बालबालिकामा दादुरा पुष्टि भएको हो । उनीहरू एउटै विद्यालयका विद्यार्थी हुन् ।

दादुरा ‘आउटब्रेक’ भएपछि सरकारले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइरहेको छ ।

थप समाचार

नियन्त्रणमा आएन दादुरा, ग्रामीण क्षेत्रमा संक्रमण बढ्यो

बाँकेमा फैलिदैँ दादुरा : पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित

कस्ता बच्चालाई दादुरा लाग्न सक्छ ?