नेपालगन्ज २८ जेठ : बाँकेसहित देशका १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ ।
परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुषयता शनिबार (हिजो)सम्म बाँकेसहित १६ जिल्लाका ९५१ बालबालिका संक्रमित भएका छन् ।
महाशाखाका अनुसार देशको राजधानी काठमाडौं, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, सुर्खेत, दाङ, अर्घाखाँची, कपिलवस्तु, चितवन, धनुषा, महोत्तरी, मोरङ, सर्लाही र सुनसरीमा दादुराको संक्रमण फैलिएको हो ।
यो अवधिमा बाँकेमा मात्र ३२९ बालबालिका संक्रमित भएका छन् । काठमाडौंमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमा नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् ।
काठमाडौंमा भने गोकर्णेश्वर नगरपालिका–९ मा चार बालबालिकामा दादुरा पुष्टि भएको हो । उनीहरू एउटै विद्यालयका विद्यार्थी हुन् ।
दादुरा ‘आउटब्रेक’ भएपछि सरकारले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइरहेको छ ।
थप समाचार
नियन्त्रणमा आएन दादुरा, ग्रामीण क्षेत्रमा संक्रमण बढ्यो
बाँकेमा फैलिदैँ दादुरा : पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान
पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ