File Photo
नेपालगन्ज ३० जेठ : बढ्दो गर्मीका कारण बन्द भएका नेपालगन्ज र कोहलपुरका विद्यालय अब बिहान सञ्चालन हुने भएका छन् । अत्याधिक गर्मीका कारण पछिल्ला दश दिनदेखि बन्द भएका स्कूल बिहान सञ्चालन हुने भएका हुन् ।
विद्यार्थीको पठनपाठनलाई लिएर नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले बिहान स्कूल सञ्चालन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जेठ ३१ गतेसम्म बिदा रहेका विद्यालयलाई ३२ गतेदेखि बिहान सञ्चालन गर्न आग्रह गरेको बताए । नेपालगन्जमा सुरुमा तीन दिन बिदा दिइएकोमा गर्मी बढ्दै गएपछि त्यसलाई लम्ब्याइएको थियो ।
उपमहानगरपालिकाले बिहान ६ः१५ बजेदेखि ११ बजेसम्म स्कूल सञ्चालन गर्न आग्रह गरेको छ ।
यस्तै, कोहलपुर नगरपालिकाले गत जेठ २२ गतेदेखि ३० गतेसम्म स्कूल बिदा दिएको थियो । ३१ गतेदेखि बिहान ६ देखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र कक्षा ४ देखि १० सम्मका कक्षाहरू मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको बताए । उनले कक्षा ४ भन्दा कमका विद्यार्थीलाई अझैपनि घरमै राख्नुपर्ने भएकोले उनीहरूलाई बिदा दिइएको बताए ।
थप समाचार
बाँकेसहितका तराई जिल्लामा आगामी ५ दिनसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द
गर्मी बढेपछि विद्यालयको बिदा लम्ब्याइयो
अझै गर्मी बढ्ने, बिरामी पर्न थाले बाँकेमा बालबालिका
ह्वात्तै गर्मी बढ्यो, ‘लू’ लाग्ला ! यसरी बचौँ
गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’