ह्याङ् आउट रेष्टुरेन्टबाट निस्केको थियो गाडी, को थिए र कहाँ छन् गाडी भित्रका ३ जना ?
अष्ट्रेलिया १७ पुष : अंग्रेजी नयाँ बर्ष मनाएर घर फर्किरहेकाहरुलाई ठक्कर दिएको स्कोरपियो गाडीको भित्री कथा रहस्यमय रहेको छ । दुई जनाले अनाहकमा ज्यान गुमाएको खबर बाहिर आयो, ज्यान गुमाएकाहरुको नाम बाहिर आएपनि स्कोरपियो कसको हो ? कसले चलाएको थियो ? र त्यो स्कोरपियो गाडीमा को को सवार थिए ? भन्ने जानकारी बाहिर आउन सकेको छैन ।
सानो चोरी हँुदा पनि आफ्नो फेसबुक पेजमा विज्ञप्ती पोष्ट गर्ने बाँके प्रहरीले यत्रो घटना घट्दापनि घटनाको वास्तविकता र विस्तृत जानकारी बाहिर नल्याउँदा नेपालगन्जवासीमा शंका उत्पन्न भएको छ । सामाजिक संजाल फेसबुकमा नेपालगन्जका विभिन्न व्यक्तिले उक्त घटना बारे विभिन्न जिज्ञासा राखेर पोष्ट गरेपछि सेतोखरी डटकमले सकेसम्म यो घटनाको भित्रसम्म पुग्ने प्रयास गरेको छ ।
बाँके प्रहरीले र्दुघटना बारे मंगलबार बेलुका सेतोखरीलाई दिएको जानकारी र घटना घटेको ठाउँ बारे तालमेल मिल्दैन । जसका कारण घटनालाई कतातिर लगिदैछ भन्नेमा नेपालगन्जबासीमा शंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार, गत आइतबार राती नेपालगन्ज १८ कारकाँदो स्थित एसके पेटोल पम्प नजिक सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोले गाडीले ३ जना पैदल यात्रीलाई एक्कासी ठक्कर दिएको थियो ।
मुख्य सडकको पश्चिम साइडमा डोको रेष्टुरेन्ट छेउमा उक्त स्कोरपियोले पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीको भनाइछ । स्कोरपियोले पक्की सडक भन्दा बाहिर गएर किनारमा हिंडिरहेका पैदल यात्रुहरुलाई ठक्कर दिएको थियो । स्कोरपियोको ठक्करबाट अंग्रेजी न्यू इयर इभ मनाएर घर फकिरहेकी नेपालगन्ज भृकुटी नगरकी २४ बर्षिया आस्था र शाह र सिदार्थ भ्यु होटलका कर्मचारी मायाराम चौधरीको मृत्यु हुन पुग्यो । आस्था केहि दिनमा अमेरिका जाँदै थिइन् । गाडीको ठक्करबाट आस्थाकी साथी शाहना शाह घाइते भएकी छन् ।
गत आइतबार राती नेपालगन्जको एक होटमा आयोजित कार्यक्रममा न्य इयर इभ मनाएर आस्था र शाहना सिदार्थ होटल तर्फबाट दक्षिण तर्फ घर फर्कदै थिए । मायाराम पनि होटलको काम सकेर रुम फर्कदै थिए । आफ्नो परिवारको सदस्य गुमाएकोले सिदार्थ होटल नेपालगन्जले दुःख व्यक्त गरेको छ ।
स्कोरपियो कसले चलाएको थियो ? र को को सवार थिए ?
दुई जनाको ज्यान लिएको सुदुरपश्चि प्रदेशमा दर्ता रहेको स्कोरपियो गाडी कैलाली जिल्ला लम्की चुवा निवासी रामराज जैसीले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले गाडी मालिक पनि जैसी नै रहेको बताए । चालक प्रहरी हिरासतमा रहेको र अदालतबाट म्याद थप गराई मुद्दा प्रकृया आगाडी बढाइएको डिएसपी डाँगी जानकारी दिए । चालकले दुर्घटना कसरी भयो भनेर बयान दिएका छन् त ? भने प्रश्न गर्दा मुद्दाफाँटका प्रहरी निरिक्षक निराजन घिमिरेले सेतोखरीसँग भने ‘त्यो बयानकै क्रममा छ अहिले भन्न नमिल्ने पछि बयानमा थाहा हुने छ ।
उक्त स्कोरपियो भित्र अन्य ३ जना बसेका थिए । डिएसपी डाँगी ती बसेका व्यक्ती को को हुन् भन्ने बारे भने खुलाउन चाहेनन् ।
चालकले मादक पदार्थ खाएका थिए की थिएनन् ?
विपरित दिशामा गएर दुई जनाको ज्यान लिने स्कारपियो गाडी चालकले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ । डिएसपी डाँगीले घाइते रहेका चालक जैसीलाई तत्काल उपचार गराई अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको जानकारी दिए । उनले सेतोखरीसँग भने ‘मेडिकल रिर्पोटमा मादक पदार्थ सेवन त देखाएको छ तर पिफोर अल्कोहल लेखेको छ ।
प्रहरीले दिएको जानकारी र घटना स्थल मिल्दैन
बाँके प्रहरीले स्किोरपियो बारे दिएको जानकारी र घटना घटेको स्थल मिल्दैन । जिप्रका मुद्दाफाँका प्रहरी निरिक्षक घिमिरले एसके पेटोल पम्को सामुन्ने रहेको ह्याङ् आउट रेष्टुरेन्टमा पार्किंगमा राखिएको स्कोरपियो फर्कदा घटना भएको जानकारी दिएका छन् । यदि त्यस रेष्टुरेन्टबाट गाडी फर्कन थालेको हो भने सडकको पुर्वी साइडमा दुर्घटना हुनु पर्ने थियो । तर गाडीले पश्चिम साइडमा रहेको डोको रेष्टुरेण्ट छेउमा आएर पैदल यात्रुलाई ठक्कर दिएको छ ।
नेपालगन्जका केशव न्योपानेले उक्त घटना दुर्घटना नभइ हत्या भएको बताउँदै वास्तविक्ता वाहिर आउनु पर्ने बताए ।
नेपालगन्ज निवासी राष्टिय स्वतन्त्र पार्टीका नेता बिनोद अग्रहरीले अहिलेसम्म घटना बारे विस्तृत जानकारी बाहिर नआउनु दुःखद भएको फेसबुकमा पोष्ट गरेका छन् ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य