नेपालगन्जमा २ जनाको ज्यान लिने स्कोरपियोको भित्री कथा 

ह्याङ् आउट रेष्टुरेन्टबाट निस्केको थियो गाडी, को थिए र कहाँ छन् गाडी भित्रका ३ जना ?


दामोदर भण्डारी दामोदर भण्डारी   मंगलबार, पुस १७, २०८०
नेपालगन्जमा २ जनाको ज्यान लिने स्कोरपियोको भित्री कथा 


अष्ट्रेलिया १७ पुष : अंग्रेजी नयाँ बर्ष मनाएर घर फर्किरहेकाहरुलाई ठक्कर दिएको स्कोरपियो गाडीको भित्री कथा रहस्यमय रहेको छ । दुई जनाले अनाहकमा ज्यान गुमाएको खबर बाहिर आयो, ज्यान गुमाएकाहरुको नाम बाहिर आएपनि स्कोरपियो कसको हो ? कसले चलाएको थियो ? र त्यो स्कोरपियो गाडीमा को को सवार थिए ? भन्ने जानकारी बाहिर आउन सकेको छैन । 

सानो चोरी हँुदा पनि आफ्नो फेसबुक पेजमा विज्ञप्ती पोष्ट गर्ने बाँके प्रहरीले यत्रो घटना घट्दापनि घटनाको वास्तविकता र विस्तृत जानकारी बाहिर नल्याउँदा नेपालगन्जवासीमा शंका उत्पन्न भएको छ । सामाजिक संजाल फेसबुकमा नेपालगन्जका विभिन्न व्यक्तिले उक्त घटना बारे विभिन्न जिज्ञासा राखेर पोष्ट गरेपछि सेतोखरी डटकमले सकेसम्म यो घटनाको भित्रसम्म पुग्ने प्रयास गरेको छ । 

बाँके प्रहरीले र्दुघटना बारे मंगलबार बेलुका सेतोखरीलाई दिएको जानकारी र घटना घटेको ठाउँ बारे तालमेल मिल्दैन । जसका कारण घटनालाई कतातिर लगिदैछ भन्नेमा नेपालगन्जबासीमा शंका उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार, गत आइतबार राती नेपालगन्ज १८ कारकाँदो स्थित एसके पेटोल पम्प नजिक सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोले गाडीले ३ जना पैदल यात्रीलाई एक्कासी ठक्कर दिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

मुख्य सडकको पश्चिम साइडमा डोको रेष्टुरेन्ट छेउमा उक्त स्कोरपियोले पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीको भनाइछ । स्कोरपियोले पक्की सडक भन्दा बाहिर गएर किनारमा हिंडिरहेका पैदल यात्रुहरुलाई ठक्कर दिएको थियो । स्कोरपियोको ठक्करबाट अंग्रेजी न्यू इयर इभ मनाएर घर फकिरहेकी नेपालगन्ज भृकुटी नगरकी २४ बर्षिया आस्था र शाह र सिदार्थ भ्यु होटलका कर्मचारी मायाराम चौधरीको मृत्यु हुन पुग्यो । आस्था केहि दिनमा अमेरिका जाँदै थिइन् । गाडीको ठक्करबाट आस्थाकी साथी शाहना शाह घाइते भएकी छन् ।

गत आइतबार राती नेपालगन्जको एक होटमा आयोजित कार्यक्रममा न्य इयर इभ मनाएर आस्था र शाहना सिदार्थ होटल तर्फबाट दक्षिण तर्फ घर फर्कदै थिए । मायाराम पनि होटलको काम सकेर रुम फर्कदै थिए । आफ्नो परिवारको सदस्य गुमाएकोले सिदार्थ होटल नेपालगन्जले दुःख व्यक्त गरेको छ । 

स्कोरपियो कसले चलाएको थियो ? र को को सवार थिए ? 

दुई जनाको ज्यान लिएको सुदुरपश्चि प्रदेशमा दर्ता रहेको स्कोरपियो गाडी कैलाली जिल्ला लम्की चुवा निवासी रामराज जैसीले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले गाडी मालिक पनि जैसी नै रहेको बताए । चालक प्रहरी हिरासतमा रहेको र अदालतबाट म्याद थप गराई मुद्दा प्रकृया आगाडी बढाइएको डिएसपी डाँगी जानकारी दिए । चालकले दुर्घटना कसरी भयो भनेर बयान दिएका छन् त ? भने प्रश्न गर्दा मुद्दाफाँटका प्रहरी निरिक्षक निराजन घिमिरेले सेतोखरीसँग भने ‘त्यो बयानकै क्रममा छ अहिले भन्न नमिल्ने पछि बयानमा थाहा हुने छ । 

उक्त स्कोरपियो भित्र अन्य ३ जना बसेका थिए । डिएसपी डाँगी ती बसेका व्यक्ती को को हुन् भन्ने बारे भने खुलाउन चाहेनन् । 

चालकले मादक पदार्थ खाएका थिए की थिएनन् ?

विपरित दिशामा गएर दुई जनाको ज्यान लिने स्कारपियो गाडी चालकले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ । डिएसपी डाँगीले घाइते रहेका चालक जैसीलाई तत्काल उपचार गराई अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको जानकारी दिए । उनले सेतोखरीसँग भने ‘मेडिकल रिर्पोटमा मादक पदार्थ सेवन त देखाएको छ तर पिफोर अल्कोहल लेखेको छ ।
प्रहरीले दिएको जानकारी र घटना स्थल मिल्दैन 

बाँके प्रहरीले स्किोरपियो बारे दिएको जानकारी र घटना घटेको स्थल मिल्दैन । जिप्रका मुद्दाफाँका प्रहरी निरिक्षक घिमिरले एसके पेटोल पम्को सामुन्ने रहेको ह्याङ् आउट रेष्टुरेन्टमा पार्किंगमा राखिएको स्कोरपियो फर्कदा घटना भएको जानकारी दिएका छन् । यदि त्यस रेष्टुरेन्टबाट गाडी फर्कन थालेको हो भने सडकको पुर्वी साइडमा दुर्घटना हुनु पर्ने थियो । तर गाडीले पश्चिम साइडमा रहेको डोको रेष्टुरेण्ट छेउमा आएर पैदल यात्रुलाई ठक्कर दिएको छ । 

नेपालगन्जका केशव न्योपानेले उक्त घटना दुर्घटना नभइ हत्या भएको बताउँदै वास्तविक्ता वाहिर आउनु पर्ने बताए ।
नेपालगन्ज निवासी राष्टिय स्वतन्त्र पार्टीका नेता बिनोद अग्रहरीले अहिलेसम्म घटना बारे विस्तृत जानकारी बाहिर नआउनु दुःखद भएको फेसबुकमा पोष्ट गरेका छन् ।