हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न

मानवअधिकार संघसस्था भन्छन्–‘जनता त्रासमा छन्, शान्ति सुरक्षा कायम गर’


सेतोखरी सेतोखरी   मंगलबार, चैत २०, २०८०
हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न

नेपालगन्ज २० चैत्र : केही महिनादेखि हत्या, डकैती, काटमारले बाँके जिल्ला आक्रान्त बनेको छ । बाँकेबासीहरु डर, त्रासले स्वतन्त्रपूर्वक हिँडडुल गर्न सकिरहेका छैनन् । मानवअधिकार संघसस्थाले लगातार भइरहेको अपराधिक घटनाले शान्ति सुरक्षामा खलल पुगिसकेको बताएका छन् ।

यो हप्ता त दिनैपिच्छे जस्तो हत्या, काटमार भइरहेकोछ । शान्ति सुरक्षाको कमाण्ड सम्हालेका बाँके प्रहरी प्रमुख एसपी सुवास बोहरा चार दिवारभित्र बसिरहेका हुन्छन् । बाँकेमा शान्ति सुरक्षा खस्कि सक्दा पनि जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती दिने एसपी बोहराले न कुनै कदम चालेको देखिन्छ, न उनका कुनै कार्ययोजना सार्वजनिक गरेका छन् । 

बाँकेमा हत्या र अपराध उत्कर्षमा पुग्न थालेपछि मङ्गलबार मानवअधिकार संघसस्था र पेशागत संघसस्थाले विज्ञप्ती जारी गर्न बाध्य भए । उनीहरुको छलफलले बाँकेबासीहरु त्रासदीपूर्ण वातावरणमा बाँचिरहेकोले शान्ति, सुरक्षा कायम गर्न एसपी बोहरा र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई अनुरोध गरेकाछन् । 

बाँकेमा दुईवटा ठूला डकैटीका घटना नै घटे । भारतबाट डाँकाहरु आइ एकजनाको हत्या गरि लुटपात गरेर फरार भए । त्यसको केही दिनमै कोहलपुरमा चक्कु हानेर एकजनाको हत्या भयो । चैत्र १८ गते नेपालगन्ज २१ विर्तामा एक युवकको हत्या भयो । १९ गते खजुरामा श्रीमानश्रीमती घाँटी रेटिएर गम्भीर अवस्थामा भेटिएको । खुकुरी हान्ने, झडप हुने देखि नेपालगन्ज बजारभित्रै चोरी त भइनै रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

लगातार एकपछि अर्को घटना घटिरहे पनि प्रहरी प्रशासन मुकदर्शक जस्तै भएर बसिरहँदा बाँकेबासी डर त्रासले अत्यालिएको देखेर प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै मानवअधिकार तथा पेशागत संघसस्थाले विज्ञेप्ती जारी गरेर शान्ति सुरक्षा कायम गर्न भनेका छन् ।

‘पछिल्ला दिनमा बाँके जिल्लामा लगातार भएका अपराधिक घटनाहरुबाट आम नागरिकको शान्ति सुरक्षामा खलल् पुगीरहेको घटनाप्रति हामी मानवअधिकारकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको छ, उल्लेखित घटनाले आमनागरिकहरुको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल् पुग्न गएको प्रति हामी सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छौ ।’ विज्ञप्तीमा भनिएकोछ । 

‘नेपालगन्ज–२१ विर्तागाउँका २२ वर्षीय एक युवकलाई ०८० चैत्र १८ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बेलाभएका झडपहरु, दिनदहाडै भएका हत्याका अन्य अपराधका घटनाहरुले नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको छ ।’ विज्ञप्तीमा बताइएकोछ । 

‘नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा भएका हत्या, हिंशाका घटनाले स्वतन्त्रपुर्वक, भयरहीत वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा असर पर्दै गएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकोछ ।  उक्त विज्ञप्तीमा अगाडी भनिएकोछ ‘राज्यकातर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरुको शान्ति सुरक्षाप्रति चनाखो हुन र अपराधिक घटनामा सम्लग्न व्यक्ति, समूहको पहिचान गरि कानूनी दायरामा ल्याई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन हामी अपील गर्दछौ । साथै समाजमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरुलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत हामी सम्बन्धित पक्षसंग अनुरोध गर्दछौ ।’

वरिष्ठ अधिवक्ता एवम नेपाल बार एशोसिएसनका पुर्व वरीष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्रबहादुर शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतम, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बल बहादुर चन्द तथा अधिवक्ता केवल सिंह थारुद्वारा हस्ताक्षरित उक्त विज्ञप्ती जारी गरिएको हो ।

बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा