बाईपास चोकमा जनप्रिय मार्टको सटर फोडेर चोरी


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३, २०८१
बाईपास चोकमा जनप्रिय मार्टको सटर फोडेर चोरी

नेपालगन्ज ३ वैशाखः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्कस्थित बाईपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ । एक समुहले आईतबार मध्यरातमा मार्टको सटर फोडेर चोरी गरेको हो ।

राती करिव २ः३० बजेतिर पुष्पलाल चोकदेखि बसपार्क लाईनको बीचमा पर्ने वाईपास चोकमा रहेको उक्त मार्टमा चोरले नगद ६२ हजार ८ सय र मदिरा, रेडबुल, चुरोट लगायत पसलमा रहेका विभिन्न सामान चोरी गरेको ब्यवसायी कृष्णप्रसाद मरासिनीले जानकारी दिए । 

मार्टमा जडित सिसी क्यामेरामा कैद भएको दृश्य अनुसार चोरी गर्न आएका दुई जना चोरले राती १ बजेदेखि साढे २ बजेसम्म रड र लिबरको सहाताले सटरको च्यादर फोडेको प्रष्ट देखिन्छ । 

ती चोरले सडरमा लागेको ताला फोडी सटरको च्यादर च्यात्न करिव डेढ घण्टा जति समय लगाएको देखिन्छ । सटर फोडेपछि उनीहरु २ः३० बजेतिर सरारस पसलभित्र छिरेर काउण्टरमा रहेको नगद ५० हजार र ८ हजार भारु गरि ६२ हजार ८ सय नगद र सामान चोरेको दृश्य सिसी क्यामेरामा कैद भएको पीडित ब्यवसायी मरासिनीले सुनाए । पसलमा चोरी गरेपछि चोरहरुले सटर खुल्ला छाडेर भागेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस्: वाटरपार्कको समानान्तर बसपार्क तीन दिनभित्र हटाउन ज्ञापनपत्र

सोमबार (आज) बिहान ४ बजेतिर मर्निङ वाकमा निस्केका स्थानीय एक ब्यक्तिले सटर चोरी भएको देखेर मरासिनीलाई खबर गरेपछि मात्र आफुले थाहा पाएको उनले बताए ।  ‘चोरीमा संलग्न २ जना मध्ये एक जनाको अनुहार प्रष्टै देखिन्छ, उसलाई कतै देखियो भने चिन्न सकिन्छ,’ मरासिनीले सुनाए । आफु घटनास्थलमा पुगेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको एक सय नम्बरमा फोन गरेको र त्यसको २० मिनेटपछि प्रहरी आएर अनुसन्धान सुरु गरेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीले पसलमा चोर्ने समुह लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने बताए । ‘सिसि क्यामेरामा पनि उनीहरु कैद भएका छन्, चोरको पहिचान हुन्छ र उनीहरु पक्राउ पर्छन्,’ उनले भने । पसलमा धेरै सामान चोरी नभएको डिएसपी डाँगीले बताए ।

केही समयअघि सो क्षेत्रका व्यवसायीहरुले उक्त क्षेत्रमा बढ्दो चोरी, लागुऔषध र यौनकार्य तथा अपराधिक गतिविधि बढ्दै गएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्टलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले ज्ञापन पत्र बुझाएको हप्तादिनमै चोरी भएपछि सो क्षेत्रका व्यवसायी त्रसित भएकाछन् ।