डढेलोले सखाप बनायो बाँकेका पाँच हजार बढी क्षेत्रफल


सेतोखरी सेतोखरी   सोमबार, वैशाख २४, २०८१
डढेलोले सखाप बनायो बाँकेका पाँच हजार बढी क्षेत्रफल

नेपालगन्ज २४ वैशाखः केही महिनादेखि लगातार लागेको ढडेलोले बाँकेको ५ हजार १ सय ३३ हेक्टर क्षेत्रफल सखाप बनाएकोछ ।

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वन क्षेत्रमा केही महिनादेखी डढेलो लागिरहेको छ । बाँकेको नरैनापुर, राप्तीसोनारी, कोहलपुर र बैजनाथ लगायत क्षेत्रमा डढेलो लागेको हो ।

डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर सव डिभिजनका २२, सिक्टा सव डिभिजनमा पर्ने १८, नेपालगन्ज सव–डिभिजन कार्यालय अन्तरगतका १०, नरैनापुर सव डिभिजन अन्तरगतका ९, राप्तीसोनारी सव डिभिजनमा पर्ने ४ र शम्शेरगन्ज सव डिभिजन अन्तरगतको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ ।

यो पनि पढ्नुहोस् बाँकेका सामुदायिक वनमा डढेलो, वन्यजन्तु सङ्कटमा

Kids Festival 2022
kanti aarogya hospital

सहायक वन अधिकृत वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आइसकेको बताए । डढेलो लागेको वनमा ७ सय लिटर ट्यांकी भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको उनले सुनाए । 

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापरवाहीका कारण डढेलो लागेको आशंका गरिएको छ ।

डढेलोका कारण बाँकेमा कुनै मानवीय क्षती नभएपनि वन्यजन्तु तथा चराचुरुङ्गिको बासस्थान तथा चरिचरण क्षेत्र नष्ट हुनुका साथै केही वन्यजन्तु र चराचुरुङ्गि मरेको आँकलन गरिएकोछ । यद्यपी यसको एकिन तथ्यांक भने अझैँ संकलन भएको छैन ।