बाँके घटना : बायाँ तिघ्रमा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै


सेतोखरी सेतोखरी   बिहीबार, वैशाख २७, २०८१
बाँके घटना : बायाँ तिघ्रमा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै

नेपालगन्ज २७ वैशाख : बाँकेको जानकी गाउँपालिकामा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टा(तिघ्र)मा गोली लागेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोखरीलाई बताए ।

यो पनि पढ्नुहोस्  लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

Kids Festival 2022
kanti aarogya hospital

परियार कोहलपुर नगरपालिका–१२ चप्परगौडीका स्थानीय हुन् । परियार सहितको समूहले नेपाल–भारत सीमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा लागु औषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए । जानकी गाउँपालिका वडा नम्बर–६ पिप्रहवा स्थित खुला कारागर नजिक प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डिएसपी डाँगीले बताए ।

प्रहरीले उनीसँगै रहेका २७ वर्षीय सरण बहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएकोछ । प्रहरीले चलाएको एक गोली परियारलाई लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै परियारको भेरी अस्पतालमा उपचार भइरहेको डिएसपी डाँगीले बताए । उनीहरूको साथबाट ११४ दशमलव २५ ग्राम लागु औषध ब्राउन सुगर समेत बरामद भएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएकोछ।