पूर्वपत्नी बलात्कार गर्ने न्यायाधीश गिरीलाई ७ वर्ष जेल


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
पूर्वपत्नी बलात्कार गर्ने न्यायाधीश गिरीलाई ७ वर्ष जेल

नेपालगन्ज २९ जेठ : निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार आफ्नै पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका निलम्बित न्यायाधीश गिरीलाई ७ वर्षको जेल सजाय हुने फैसला सुनाएको हो । 

यो पनि पढ्नुहोस्: न्यायाधीश गिरी कारागार चलान

साथै उनलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको छ । सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो ।  

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यो पनि पढ्नुहोस्: कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने सजायचाहिँ जेठ २८ गते तोकिएको हो ।