नेपालगन्ज २९ जेठ : निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार आफ्नै पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका निलम्बित न्यायाधीश गिरीलाई ७ वर्षको जेल सजाय हुने फैसला सुनाएको हो ।
यो पनि पढ्नुहोस्: न्यायाधीश गिरी कारागार चलान
साथै उनलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको छ । सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो ।
यो पनि पढ्नुहोस्: कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप
यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने सजायचाहिँ जेठ २८ गते तोकिएको हो ।
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा