भारतीय बाघले बर्दियाका १३ वर्षिय बालक खायो


भारतीय बाघले बर्दियाका १३ वर्षिय बालक खायो

सांकेतिक तस्विर

बर्दिया : माछा मार्न गेरुवा नदी गएका एक बालकलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएकोछ । बर्दियाको गेरुवा नदिमा माछा मार्न गएका ती बालकलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

बर्दियाको राजापुर घर भएका १३ वर्षिय बालक विशाल ओली नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बर्दियाको कोठियाघाट स्थित गेरुवा नदीमा सोमबार माछा मार्न गएका थिए ।

मधुवन नगरपालिका वडा नम्बर– ३ भगरहिया गाउँमा आफन्तकोमा आएका विशाल सोमबार साथीसगैं माछा मार्न गेरुवा नदी गएका थिए ।
माछा मार्न गएका विशाललाई बाघले आक्रमण गर्दा उनी सोमबारदेखि हराईरहेका थिए ।

सोमबारदेखि हराइरहेका विशालको खोजी गर्दा आज बिहीबार विहान खाता जैविक मार्गमा रहेको जङ्गलमा उनको शव भेटिएको मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर क्षेत्री (कृष्ण)ले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार तीनदिनदेखि हराईरहेका विशालको शव भारतीय भूमिमा पर्ने जङ्गलक्षेत्रमा भेटिएको हो ।

मधुवन नगरपालिका– ३ स्थित भगरहिया गाउँमा आफन्तको घरमा आएका बेला गएको सोमबार नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कोठियाघाट स्थित गेरुवा नदिमा माछा मार्न गएका थिए । उनको शव ३ दिन पछि भारतीय भुमिमा पर्ने जंगलमा भेटिएको थियो

मृतक विशालसंगै गएका अन्य ४ जना भने सकुसल रहेका छन् । उनीहरुले नै घटनाको जानकारी गराएपछि जङ्गलमा विशालको खोजी कार्य जारी राखिएको थियो ।

भारतीय जङ्गलबाट आउने पाटेबाघका कारण सो क्षेत्रमा वर्षेनी बाघको आक्रमणमा परि स्थानीयले ज्यान गुमाउनुका साथै उनीहरुका घरपालुवा जनावर समेत खाने गरेकोछ ।