बर्दियामा समुदायमै फैलियो कोरोना, परीक्षणको दायरा बढाउन माग


बर्दियामा समुदायमै फैलियो कोरोना, परीक्षणको दायरा बढाउन माग

बर्दिया : बर्दियामा पछिल्लो पटक कोरोना भाइरस संक्रमण समुदायमा देखिएकोछ । समुदायमै कोरोना भाइरस संक्रमण देखिएपछि पीसिआर परीक्षणको दायरा बढाइनु पर्ने आवाज उठेको छ ।

केहि दिनदेखि लगातार समुदाय स्तरमा कोरोना संक्रमितका सख्या थपिदँै जाँदा समेत सम्बन्धित निकायले गम्भीरतापुर्वक नलिएको स्थानीय बासीले आरोप लगाएकाछन् । बर्दियामा निजि बैंकका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी हुदैँ समुदायमा कोरोना देखिएपछि यतिबेला सर्वसाधरणमा डर त्रासको वातावरण छाएकोछ ।

लगातार जिल्लामा कोरोना संक्रमित थपिदैँ जादाँ संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ्ग तथा आसंकित ब्यक्तिको कोरोना परीक्षण प्रभावकारीरुपमा हुन सकेकोछैन । कोरोना संक्रमण बढिरहेका बेला परीक्षणको दायर बढाउनु पर्ने अवस्थामा कछुवाको तालमा स्वाव परीक्षण भैरहेको स्थानीय बासी बताउँछन् ।

समुदायमा कोरोना देखिनु पुर्व बर्दियाका निजि बैंकका कर्मचारी, प्रहरी तथा जन प्रतिनिधि लगायतका ब्यक्तिमा कोरोना देखिएको थियो । पछिल्लो पटक समुदायमा नै कोरोना देखिन थालेपछि बर्दिया प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले कोरोना नियन्त्रणका लागी बनाएको योजना प्रभावकारीरुपमा कार्यान्वय हुन सकेको छैन । शनिबार बाहेक अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिइएको छ भने निजि सवारी साधन जोर विजोर लागु गरिएपनि यसको प्रभावकारीरुपमा कार्यान्वयन भएको पाइएको छैन ।

सर्वसाधरणले कोरोना भाइरस संक्रमण रोकथम तथा न्यूनिकरणका लागि बनाइएको नियमलाई नै पालना नगर्दा समस्या देखिएको बर्दिया प्रशासनको तर्क रहेकोछ । प्रशासनको यो तर्क केहि हदसम्म ठिक रहेको छ ।

गुलरिया लगायत अन्य क्षेत्रमा मानिसहरु कोरोनालाई गिज्याउदै विहान गरिने मर्निङ्घ वाक र इभिनिङ्घ वाकमा मानिसको भिड देख्दा लाग्छ कोरोना यो समयमा आउदैन ।

यता बर्दियामा छिमेकि जिल्ला बाँके र कैलालीका कारण यहाँ उच्च जोखिममा रहेको छ । भारततिरको नाका पूर्ण रुपमा बन्द गरिएपनि कोरोनाको हटस्पट बनेको बाँके र कैलाली जिल्लामा सर्वसाधरणको आउजाउ सहज भएकै कारण जोखिम बढ्दै गएको स्थानीय भनाइर रहेकोछ ।
पछिल्लो पटक समुदायका ब्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि स्वाव परीक्षणको दायर बढाइएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जन स्वास्थ्य अधिकृत गोकर्ण गीरीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हालसम्म कोरोना भाइरस पोजेटिभ पाइएका ३ सय ६४ जना मध्ये, पुरुष २ सय ५८ र महिला ६० जना गरी जम्मा ३ सय १८ जनाले कोरोना जितेर घर फर्किसकेकाछन् । भने अझै बर्दियामा कोरोना भाइरसबाट संक्रमित २९ जना पुरुष र १६ जना महिला गरी ४५ जना जिल्लाका विभिन्न आइसुलेसनमा रहेका छन् ।

यस्तै कन्ट्राक्ट ट्रेसिङ्ग तथा विभिन्न क्वारेन्टिनमा रहेका ३ सय ९२ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ । अहिले भारतबाट आएका पुरुष १ सय १२ जना र महिला ३६ जना गरी जम्मा १ सय ४८ जना क्वारेन्टिनमा रहेका छन् ।

हालसम्म बर्दियामा ९ हजार ७ सए ८६ जनाको स्वाव परीक्षण गरिएको छ । ती मध्ये २ सय ८८ जना पुरुष र ७६ जना महिला गरी जम्मा ३ सय ६४ जना कोरोना भाइरस पोजेटिभ पाइएका हुन् । जसमा एक जनाको मृत्यु पनि भएको छ ।