बर्दियामा तस्करी रोक्न शसस्त्रको सक्रियता, लाखौं मूल्यका सामान बरामद


बर्दियामा तस्करी रोक्न शसस्त्रको सक्रियता, लाखौं मूल्यका सामान बरामद

बर्दिया : कोरोना भाइरस महामारिबाट उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै बर्दियामा सक्रिय बनेका तस्करमाथि शसस्त्र प्रहरीले कडा कदम चालेकोछ ।

शसस्त्र प्रहरी बल गण नम्बर ३१ गण हेडक्वाटर बर्दियाले नेपाल–भारत सीमा क्षेत्र लगायतका क्षेत्रमा तस्कर र अबैध धन्दा गर्ने गिरोहमाथि कडा निगरानी बढाएको छ ।

कोरोना भाईरस संक्रमणकाबीच तस्करले नेपाल–भारत सीमानाकामा दिनहुँ लाखौं मूल्यका सामान ओसार पसार गरिरहेको खबर पाएपछि शसस्त्र प्रहरीले यतिबेला सीमानाकामा आफ्नो तैनाथी बढाउनुका साथै निगरानी बढाइउँदा लाखौं मूल्यका सामान बरामद समेत गरेकोछ ।

यसबीच सीमा क्षेत्रमा शसस्त्रको निगरानी बढेपछि तस्करलाई यतिबेला टाउको दुखाई भएकोछ । तस्करहरुले भन्सार छली ल्याएका सामान सशस्त्रले नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाउदै आएको छ । शसस्त्रको सक्रियता बढेपछि नेपाल–भारत सीमानाकामा हुने अबैध धन्दामा समेत कमि आएको शसस्त्र प्रहरी बल ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपती शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार सीमामा मात्र नभइ जिल्लाका विभिन्न स्थानमा हुने अबैध सामान ओसारपसार, चोरीपैठारीमा समेत कमि आएको छ ।
शसस्त्र प्रहरी विओपि मधुवन नगरपालिकाको धनौराबाट खटिगएको टोलीले वडा नम्बर ३ मा रहेको जङ्गलमा तस्करले भन्सार छलि लुकिछिपि नेपाल ल्याउदै गरेको २० किलो प्लाष्टिक, १० डण्डा चुरोट र ५ वटा मोवाईल बरामद गरेकोछ । जसको मूल्य एक लाख ६ हजार रुपैयाँ रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

यस्तै विओपि राजापुरको गस्ती टोलीले राजापुर नगरपालिका —१ दौलतपुरबाट ७६.३८ क्युफिट र सोहि नगरपालिकाको मुर्गहवा भन्ने स्थानबाट ५७.३९ क्युफिट खैर र सिसौको काठ बरामद गरेको छ । जसको मूल्य ९७ हजार ६ सय ६ रुपैया रहेको शसस्त्र प्रहरीले बताएकोछ । दुबै स्थानबाट बरामद गरिएका सामान र काठ सहितको मूल्य २ लाख ३ हजार ६ सय ६ रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाइएको शसस्त्र प्रहरी बल ३१ नम्वर हेडक्वाटर बर्दियाका गणपति शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।