वन्यजन्तु पीडित बालबालिकालाई राहत वितरण


वन्यजन्तु पीडित बालबालिकालाई राहत वितरण

बर्दिया : वन्यजन्तु पीडित बालबालिकालाई राहत वितरण गरिएकोछ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका गम्भीर घाइते र अति विपन्न वर्गका बालबालिकालाई राहत वितरण गरिएकोछ ।

उज्यालो नेपाल बर्दियाले वन्यजन्तु पीडित बालबालिकालाई प्रति ब्यक्ति एक हजार ८ सय ६५ रुपैयाँ बराबरको राहत सामान वितरण गरिएकोछ ।
राहत सामाग्रीमा प्रति बालबालिका मास्क १० थान, सेनिटाइजर एक थान, साबुन १ थान, खानेतेल १ लिटर, दाल २ किलो र चामल २० किलो गरी २० जनालाई कुल ३७ हजार ३ सय रुपैयाँको राहत बाडिँएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मृत्यु भएका, घाइते भएका अति विपन्न वर्गका बालबालिकालाई कोरोना भाइरस संक्रमणका बेला उक्त राहत सामाग्री वितरण गरिएको उज्यालो नेपालका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए ।

उनले पहिलो चरणको राहत अति विपन्न वर्गका बिद्यार्थीहरुलाई वितरण गरिएको र दोस्रो चरणमा अति विपन्न वर्गका बालबालिका छनोट गरी थप राहत वितरण गरिने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

वन्यजन्तु संरक्षण, चोरीशिकारी नियन्त्रण र मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागी राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियान र मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागी गठित आरआरटिसंग मिलेर उज्यालो नेपालले काम गरिरहेकोछ ।

निकुञ्ज क्षेत्रमा बसोवास गर्ने नागरिकहरु वर्षेनि वन्यजन्तुको आक्रमणमा परी मृत्यु हुने तथा घाइते हुने गर्दछन् । निकुञ्जले मृतकलाई क्षतिपुर्ति तथा घाइतेलाई उपचार खर्च गरेपनि त्यो प्राप्त गर्न पीडित पक्षले लामो समय पर्खनु पर्ने हुन्छ ।