वडाध्यक्षको मृत्युको कारण बन्यो ‘पिसिआर रिर्पोट’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेगेटिभ, भेरीमा पोजेटिभ


वडाध्यक्षको मृत्युको कारण बन्यो ‘पिसिआर रिर्पोट’

बर्दिया : कोरोना भाइरसका कारण बर्दियामा वडाध्यक्षको मृत्यु भएपछि केहि प्रश्न पनि खडा भएका छन् । वडाअध्यक्षको मृत्युको कारण ‘पिसिआर रिर्पोट’ हुन पुगेकोछ । वडा अध्यक्षलाई कोरोना भाइरसको लक्षण देखिसक्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर रिर्पोट नेगेटिभ निकाल्नु नै उनको मृत्युको कारण बन्न पुगको हो ।

पिसिआर रिर्पोटले गर्दा समयमै अस्पताल पुग्न नसक्दा पिसिआर रिर्पोट नेगेटिभ आएकै कारण उनी घरमा बस्न पुगे र कोरोनाको उपचार समयमा पाउन सकेनन् । जब कोरोना भाइरसले विरामीलाई च्याप्दै लग्यो उनलाई भेरी अस्पताल पुर्याउँदासम्म ढिलो भइसकेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वडाअध्यक्षको पीसिआर नेगेटिभ निकालेपनि भेरी अस्पतालले भने पीसिआर रिर्पोट पोजेटिभ निकालिदियो ।

त्यसोत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसिआर स्वाब नपठाउँदै उनलाई घरमै कोरोना भाइरसको लक्षण देखिसकेको थियो । पीसिआर रिर्पोट नेगेटिभले गर्दा कोरोना भाइरसले उनी घरमै थलिए । भेरी अस्पताल नपुग्दै उनलाई स्वासप्रश्वामा समस्या भइ अक्सिजनको कमि भइसकेको थियो ।

बारबर्दिया नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष ३९ वर्षिय सुर्यबहादुर थारु (कमल) को भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बुधवार विहान मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गीरीका अनुसार कोरोनाका कारण सिकिस्त रहेका थारुलाई भदौ २८ गते पूर्व कोरोना भाइरससंग मिल्दो लक्षण देखिएको थियो ।

थारुको २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । उनको अवस्था गम्भिर हुदै गएपछि २९ गते भेरी अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो । भेरी अस्पतालमा स्वाव परीक्षण गर्दा भदौ ३० गतेको आएको रिपोर्टमा पोजेटिभ पाइएको थियो ।

एउटै व्यक्तिको अलग–अलग स्थानमा गरिएको स्वाव परीक्षणको रिपोर्ट कतै नेगेटिभ त कतै पोजेटिभ आएपछि यतिबेला पीसिआर परीक्षण माथि थुप्रै प्रश्न खडा गरिदिएको छ । कोरोनाको महामारी चलिरहेको अवस्थामा यस्तो खालको रिपोर्टले झन् त्रास बढाएको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर– ३ का वडाध्यक्ष सुर्यबहादुर थारुको कोरोनाका कारण मृत्यु भएपछि उनको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

कोरोना भाइरसका कारण बर्दियामा बुधबारसम्म तीन जनाको मृत्यु भैसकेको छ । यस अघि मंगलवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ७ का ६४ वर्षिय पुरुषको मृत्यु भएको थियो ।