राष्ट्रिय बाणिज्य बैंक सिल


राष्ट्रिय बाणिज्य बैंक सिल

बर्दिया : बर्दियाको गुलरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक सिल गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक गुलरियामा कार्यरत २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पाइएपछि आज विहिवारबाट अनिश्चित समयका लागी बैंक सिल गरिएको हो ।

बैंकमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि बैंकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाँउमा रहेको राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीमा समेत कोरोना संक्रमण पाइएपछि केही समय अघि बैक सिल गरिएको थियो । अहिले गुलरिया र भुरिगाउँमा रहेको राष्ट्रिय बाणिज्य बैंक सिल गरिएकाछन् ।

चाडबाड नजिकिएसगैं बैंकमा सर्वसाधरणको भीड लाग्ने गरेकोछ । बैंकका कर्मचारी नै संक्रमित भएपछि गुलरिया र भुरिगाउँका बैंक सिल हुदाँ सेवाग्राही बञ्चित हुन पुगेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

हालसम्म बर्दिया जिल्लामा कोरोना संक्रमित ३ जनाको मृत्यु भइसकेकोछ । एकदिनको अन्तरालमा बर्दियामा २ जना पुरुषले ज्यान गुमाएका हुन् । जसमा वडाअध्यक्षसमेतको कोरोना संक्रमणले ज्यान गएकोछ ।