लुम्बिनी प्रदेशमा जटिल बन्दै आत्महत्या : दुई महिनामै २८८ जनाले आत्महत्या गरे


लुम्बिनी प्रदेशमा जटिल बन्दै आत्महत्या : दुई महिनामै २८८ जनाले आत्महत्या गरे

बर्दिया : लुम्बिनी प्रदेशमा आत्महत्या गर्नेको सख्या उकालो लाग्दै गएपछि यहाँको स्थिती झन जटिल बन्दै गएकोछ ।  लुम्बिनी प्रदेशमा आत्महत्या गर्नेको सख्या वर्षेनि बृद्धि हुदै जाँदा स्थिति भयाभह अवस्थामा आइपुगेको छ । यसको न्यूनिकरण गर्नका लागी स्थानीय तहले कुनै योजना नबनाएपनि प्रहरीले भने सक्रियता देखाउन थालेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका बरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार आर्थिक वर्ष २०७४/७५ सालमा ५ सए ९९ सय जना पुरुष, ४ सय ९२ जना महिला गरी १ हजार ९१ जनाले आत्महत्या गरेका छन् । भने आर्थिक वर्ष २०७५/७६ मा ५ सय ९१ जना पुरुष, ५ सय ३७ जना महिला गरी १ हजार १ सय २८ जनाले आत्महत्या गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा ७ सय १७ पुरुष र ५ सय १९ महिला गरी १ हजार २ सय ३६ जना मानिसले आत्महत्या गरेको उनले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको श्रावण र भाद्र महिना सम्म १ सय ७७ जना पुरुष र १ सय ११ जना महिला गरी २ सय ८८ जनाले आत्महत्या गरिसकेका छन् ।

यसरी हेर्दा आर्थिक वर्ष २०७४/७५ मा भन्दा २०७५/७६ मा आत्महत्या गर्नेको सख्या ३.३९ प्रतिशतले बृद्धि भएको छ भने आर्थिक वर्ष २०७५/७६ भन्दा आर्थिक वर्ष २०७६/७७ मा ९.५७ प्रतिशतले बृद्धि भएको देखिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आत्महत्या गर्नुका कारण घटना क्रमलाई नियाल्दा उदाशिनता, मादक पदार्थ र लागु औषध दुरुपयोग, दीर्घ रोगी, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, आफन्तको मृत्यु, गरीवि, बेरोजगार, प्रेममा धोका, पढाईमा असफलता, सामाजिक संञ्जालको दुरुपयोग जस्ता कारणहरुले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको भनाइछ ।

यसबीच आत्महत्याले भयाभह स्थिति लिइरहेका बेला प्रदेश प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ । आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास भन्दै प्रहरीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका टोल–टोलमा छलफल तथा जनचेतना मुलक अभियान सुरु गरेको लुम्बिनी प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए ।

प्रहरीले प्रभावित क्षेत्र समुहमा माईकिङ गर्ने सञ्चारसंग आत्महत्या न्यूनिकरणको चेतनामुलक सूचना प्रशारण गर्ने, आत्महत्या न्यूनिकरणमा संंलग्न संघसस्था, आमा समुह स्थानीय महिला बालबालिकालाई सहभागी गराई टोल, वडा, पालिका स्तरमा अन्तरक्रिया गर्ने तथा प्ले कार्ड सहितका स्वयंसेवक परिचालन गर्ने लगायतका अभियान चलाइएको बरिष्ठ प्रहरी उपरीक्षक बैदवारले बताए ।

आत्महत्याका अवस्थाले जटिल मोड लिइरहेका बेला आत्महत्या विकल्प होइन भन्ने सन्देश आफुहरुको हुने बैदवारको भनाई रहेको छ ।