बर्दिया : बर्दियामा ट्रयाक्टरसंग मोटरसाइकल ठोकिदाँ श्रीमान श्रीमतिको मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ७ पचासा बस्ने २५ वर्षिय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षिय ललिता रिमालको मृत्यु भएको हो ।
नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गतको बर्दियाको बढैयाताल गाँउपालिका –७ पचासा भन्ने स्थानमा नेपालगन्जबाट गुलरियातर्फ जादैँ गरेको भे ३ प ७८७० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको थियो ।
शनिवार बेलुकी साढे ८ बजे काठ बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा रिमाल दम्पति गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दम्पतिको उपचारको क्रममा शनिवार राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएकोछ । दुर्घटना लगतै ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ कारबाही अगाडी बढाएकोछ ।
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते