बर्दिया : वन्यजन्तु छेकबारका लागि लगाइएको करेन्टसहितको बारमा परी बारबर्दिया नगरपालिकामा एक जना पुरुषको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका– ७ हर्नवा स्थित ५७ वर्षिय बाबुराम थारुको मृत्यु भएको हो ।
प्रहरीका अनुुसार स्थानीय रामबहादुर कामीको घरमा गएको सोमवार ग्रह शान्ति पूजापछि पात्लो फाल्न सगैं गएका बाबुराम थारुको वन्यजन्तु छेकबारका लागि विछ्याइएको करेन्टसहितको तारको बार छुदाँ करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागी गम्भीर घाइते भएका थारुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसगैं फिरुलाल थारु, गजेन्द्र शाहि, बलपुरे थारु, नामबहादुर शाही, रामबहादुर कामी समेत रहेका थिए । कामीको घरदेखि अन्दाजि २ किलोमिटरको दूरीमा रहेको जङ्घगलमा जनावरलाई रोक्नको लागी जडान गरिएको तारमा झुक्किएर बाबुराम थारुले करेन्ट प्रवाह भएको नाङगो तारमा छुइदा करेन्ट लागेको थियो ।
एउटा बोका र २ वटा कुखुरा लियर पात्लो फाल्न भनि पाँच जना घरबाट राति ८ बजेतिर निस्केका उनीहरु उक्त वन्यजन्तु छेकबारका लागि लगाइएको करेन्टसहितको तारमा परी करेन्ट लागेको प्रहरीले जनाएकोछ । उनीसगैं गएका अन्य तीन जना सामान्य घाइते भएकाछन् । भने एकजनालाई केही पनि भएको छैन । घटना लगत्तै प्रहरीले घटनाको अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते