सन्दर्भ : विश्व खाद्य दिवस

किसानकै खेतबारीपुगी सेवा प्रदान


किसानकै खेतबारीपुगी सेवा प्रदान

बर्दिया : किसानकै गोठ र वारीमा गएर पशुपक्षिको बाँझोपनको उपचार तथा तरकारी उत्पादनका विषयमा जानकारी गराइएकोछ ।

विश्व खाद्य दिवसको अवसरमा बर्दियामा किसानकै गोठ र वारीमा गएर यस्तो जानकारी गराइएको छ ।

गएका वर्षहरुमा दिवसका अवसरमा होटलमा आयोजना हुने गोष्ठिलाई पाखा लगाउदै एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले किसानकै गोठ र वारीमा गएर जानकारी दिएको हो ।

कार्यालयले गुलरिया नगरपालिका—१ स्थित सगाहपुरमा किसानलाई मौसम अनुसारको तरकारी उत्पादनका प्रविधिवारे जानकारी गराएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

साथै पशुपंक्षीमा देखिने बाझोपनको विषयमा बाझोपन निराकरण तथा पशु स्वास्थ्य सेवाका लागी घरदैलो कार्यक्रम अन्तर्गत किसानको गोठमै पुगी अनुगमन गर्नुका साथै चेकजाँच गरी औषधि पनि वितरण गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य तिलक शर्माले किसानका समस्या नजिकबाट नियाल्ने र समस्याको समाधानका लागी कार्यालय स्थापना भएको भन्दै संघीयताले आम नागरिकलाई घरदैलो मै सेवा सुविधा पु¥याउने लक्षलाई यस्ता कार्यले टेवा पुग्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक शंखरप्रसाद थारु, वडाअध्यक्ष प्रतापकुमार गौतमले किसानलाई नगदे तथा खाद्यान्न बालीमा आकर्षित गरी खेति गर्नका लागी सेवा सुविधामा कुनै किसिमको कमि कमजोरी हुन नदिने बताए ।