बर्दिया : सामाजिक अभियान्ता कृष्णजंग शाहलाई कोरोना संक्रमण भएको छ । गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता आप्mनो हातमा लिएपछि राजनीतिक दलहरुले शुरु गरेको आन्दोलनमा जनताको उपस्थिति न्यून भएपछि बर्दियामा नागरिक समाज गठन गरी नागरिक स्तरबाटै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागी आवाज उठाउँदै आन्दोलनको उनले सुरुवात गरेका थिए ।
बर्दिया नागरिक समाजका संस्थापक सचिव समेत रहेका शाहले लामो समयसम्म गैर सरकारी संस्था महासंघ बर्दियाको नेतृत्व समेत गरेका थिए । शाह अध्यक्ष रहेको गेरुवा ग्रामीण जागरण संघले बर्दिया, बाँके लगायतका जिल्लामा स्वास्थ्य, शिक्षा, शुसासन लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
कोरोना भाइरसको महामारीको समयमा नेपालमा लकडाउन हुँदा अति विपन्न वर्गका लागी लाखौँ रुपैयाँको राहत समेत गेरुवा ग्रामीण जागरण संघले स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।
सामाजिक अभियान र नागरिकको सेवामा निरन्तर खटिरहने शाहले कोरोना पोजेटिभ देखिएपछि अहिले आप्mनै घरमा होम आइसुलेसनमा बसी स्वास्थ्य लाभ लिइरहेको सेतोखरीलाई जानकारी दिए ।
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते