बर्दिया : मृतकका आफन्तले उचित क्षतिपुर्ति तथा कारवाहिको माग गरेका कारण बर्दियाका एक व्यक्तिको शव चारदिन देखि अस्पतालमा रहेको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख ७६७३ नम्बरको बसले महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका– ८ थानथेनामा मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त बसले गत शुक्रबार लु ६२ प ४२४८ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा ठाकुरबाबा नगरपालिका–५ का २४ वर्षिय रुपलाल थारु गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते थारुलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका रुपालाल थारुको शनिवार विहान उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढिले जनाएको छ ।
मृतकका आफन्त तथा स्थानीयबासीले उचित क्षतिपुर्तिको माग गर्दै चालकलाई कारबाही गर्नुपर्ने बताए थिए । पीडित पक्ष र कर्णाली रिभर साईड यातायात प्रालिबिच भएको वार्ता असफल भएपछि पीडित परिवार र स्थानीयबासी रुपलालको शव बुझ्न ईन्कार गर्दै सोमबार भुरिगाउँ बजारमा आन्दोलन समेत गरेका थिए ।
सोक्रममा उनीहरुले महेन्द्रराजमार्ग २ घण्टा अवरुद्ध गरेका थिए । शनिबार मृत्यु भएका रुपालालको शव यतिबेला अस्पतालमा राखिएको छ । चारदिन वित्दा पनि पीडित परिवार र बस समितिबिच सहमति जुट्न नसकेपछि रुपलालको शव परिवारले नबुझेको हो ।
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते