गोठमा लागेको आगोमा परि बेहना गम्भीर, उपचारका लागि नेपालगन्ज ल्याइयो


गोठमा लागेको आगोमा परि बेहना गम्भीर, उपचारका लागि नेपालगन्ज ल्याइयो

बर्दिया १८ फागुन : गोठमा भएको आगलागीका कारण एक व्यक्ति गम्भीर घाइते भएका छन । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर –४ कैलाशनगर स्थित रामजनिया बेहनाको फुसले छाएको गोठमा लागेको आगेमा परि बेहना गम्भीर घाईते भएका हुन् ।

घाइते बेहनाको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लागी नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे उनको गोठमा आगो लागेको थियो । भिषण आगलागी भएपछि प्रहरी र स्थानीयले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीका कारण बेहनाको टिनले छाएको २ वटा घर, फुसले छाएको एउटा गोठसहित बाख्रा र भैसीमा क्षति पुगेकोछ । आगलागीका कारण्ढा बेहनाको करिब ३ लाख रुपैया, नजिकै राधेश्याम गोडियाको टायलले छाएको एक कोठे घरमा अन्दाजि ६८ हजार रुपैया बरावरको र तुल्सा बस्नेतको टायलले छाएको घरमा समेत सामान्य क्षति भएको प्रहरीले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

फागुन लागेसंगै जिल्लामा आगलागीका घटना बढ्न थालेकाछन् । विशेषगरि फागुनको महिनामा चल्ने हावाहुरी र सावधानी नहुँदा आगलागीका घटना बढ्न थालेका हुन ।
विशेषगरि फागुनदेखि जेठ महिनासम्म तराईका जिल्लामा आगलागीका घटना हुने गर्छ । यसरी लाग्ने आगोले धनजनको नोक्सान हुनेगर्छ ।